back
NMB ad

भोली शनिबार पनि कर कार्यालय र बैंकहरु खुला रहने

Kumari bank ad

काठमाडौं। कर कार्यालय र बैंकहरु भोलि शनिबार खुला रहने भएका छन्।

आन्तरिक राजस्व विभागले आज एक सूचना जारी गर्दै असार ३० गते शनिबार, कर कार्यालय तथा राजस्व संकलन गर्ने बैंकहरु खुला रहने जानकारी गराएको हो।

आयकर ऐन, २०५८को दफा ९४को उपदफा (१)बमोजिम आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरुले दफा ९५ बमोजिम कारोबारको अनुमानित करको विवरणअनुसार तिर्नुपर्ने आय वर्ष २०७९–८०को अनुमानित करको सतप्रतिशत रकममध्ये तिर्न बाँकी कर रकम (तेस्रो किस्ता) यही असार मसान्तभित्र दाखिला गर्नुपर्ने हुन्छ। सोही कानुनी व्यवस्थाअनुसार म्यादभित्रै विवरण तथा कर दाखिला गर्न विभागले आग्रह गरेको छ।

भोलि शनिबार सार्वजनिक बिदाको दिनमा समेत ठूला करदाता/मध्यस्तरीय करदाता/आन्तरिक राजस्व/करदाता सेवा कार्यालयहरु तथा राजस्व संकलन गर्ने बैंक शाखा एवं काउन्टरहरु खुला रहने र भुक्तानी क्लियरिङको कार्यसमेत हुने विभागले जानकारी गराएको छ।

वि.सं.२०८० असार २९ शुक्रवार १४:४० मा प्रकाशित

You can share this post!

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछः अर्थमन्त्री पुन

नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:५०

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारको नीति तथा कार्यक्रम,...

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन   

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:२८

काठमाडौँ, २५ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा...

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:१५

चौतारा (सिन्धुपाल्चोक), २५ वैशाख : सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयले माग...

कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान   

कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:३८

नवलपुर (नवलपरासी), २५ वैशाख : विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत...