back
NMB ad

साउनमा विकास बैंकहरुले ब्याजदर घटाउने, कुन खातामा कति ?

Kumari bank ad

काठमाडौ । विकास बैंकहरुले साउनमा ब्याजदर घटाउने निर्णय गरेका छन्।

विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको शुक्रबार बसेको बैठकले साउनमा निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो। एसोसिएसनले ०.५० प्रतिशतको विन्दुले ब्याजदर घटाउने निर्णय गरेको छ।

अब साउनमा राष्ट्रियस्तरका विकास बैंकहरुले संस्थागत मुद्दति निक्षेपमा अधिकतममा ८.१० प्रतिशत र व्यक्तिगत मुद्दति निक्षेपमा १०.१० प्रतिशत कायम गर्ने भएका छन्।

अहिले विकास बैंकहरुले संस्थागत मुद्दति निक्षेपमा अधिकतममा ८.६० प्रतिशत र व्यक्तिगत मुद्दति निक्षेपमा १०.६० प्रतिशत ब्याज दिइरहेका छन्।

क्षेत्रीयस्तरका विकास बैंकले असारमा संस्थागत मुद्दति निक्षेपमा अधिकतममा ८.८५ प्रतिशत र व्यक्तिगत मुद्दति निक्षेपमा १०.८५ प्रतिशत ब्याज दिइरहेका छन्। अब साउनमा घटाएर क्रमशः ८.३५ प्रतिशत र १०.६५ प्रतिशत दिनेछन्।

विकास बैंकहरुले असारमा निक्षेपको ब्याजदर स्थिर राखेका थिए। ‘तरलता थुप्रिएको अवस्थामा ब्याजदर स्थिर राख्नु उचित नदेखिएकोले घटाउने निर्णय भएको हो’, एक विकास बैंकका सीईओले बताए।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन(एनबीए)को बिहीबार बसेको बैठकले यसअघिको भद्र सहमति हटाउँदै बैंकहरु आफैँले ब्याजदर निर्धारण गर्ने बाटो खुला गरिएको थियो।

वि.सं.२०८० असार २९ शुक्रवार २१:२६ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...