back
NMB ad

६ लाख ६६ हजार कित्ता आइपीओ निष्काशन गर्दै झापा इनर्जी, बिक्री प्रबन्धकमा सिभिल क्यापिटल

Kumari bank ad

काठमाडौं। झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले ६ लाख ६६ हजार ६०० कित्ता आईपीओ ल्याउन लागेको हो। आईपीओ बिक्री प्रबन्धकमा कम्पनीले सिभिल क्यापिटल मार्केटलाई नियुक्त गरेको छ।

असार २९, गते शुक्रबार झापा ईनर्जी लिमिटेड पिङ्गलास्थानमा एक कार्यक्रमका बिच कम्पनीले सिभिल क्यापिटल मार्केट शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौता पत्रमा झापा ईनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक  सुवास भट्टराई तथा सिभिल क्यापिटल मार्केट लिमिटेडका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत  शोभना घिमिरेले हस्ताक्षर गर्नुभयो । सो कार्यक्रममा झापा ईनर्जी लिमिटेडका वित्तीय परामर्शदाता  कमल पनेरु, व्यवस्थापक तथा वित्त प्रबन्धक  सरोज श्रेष्ठ र सिभिल क्यापिटल मार्केट लिमिटेडका अधिकृत  इन्दिरा न्यौपानेको पनि उपस्थिती रहेको थियो ।

सर्वसाधारणका (स्थानीय, कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली सहित) लागि जारी हुने सेयर ६ करोड ६६ लाख ६० हजार रुपैयाँ रकमबराबरको ६ लाख ६६ हजार ६०० कित्ता सेयरको सार्वजनिक निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डसमक्ष आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिने योजनामा कम्पनी रहेको छ।

कम्पनीले झापाको शिवसताक्षी–४मा १० मेगावाटको ग्रिड जडान सौर्य ऊर्जा आयोजनाले निर्माण गरिरहेको छ। आयोजना कम्पनीको विकास गर्न २२ बिघा जग्गा खरिद गरेको जानकारी कम्पनीका वित्तीय परामर्शदाता कमल पनेरुले दिए। आयोजनाको हालसम्म ८० प्रतिशत भौतिक कार्यप्रगति हासिल भएको छ र आयोजना आउँदो आसोजमा सुरु हुने अपेक्षा गरिएको छ।

निर्माण अवधिको ब्याजसहित कुल परियोजना लागत ७९ करोड ९० लाख रहेको छ। आयोजना निर्माणका लागि माछापुच्छ्रे बैंक र हिमालयन बैंक (साबिक सिभिल बैंक)को नेतृत्वमा रहेको कन्सोर्टियमले ५९ करोड ९० लाख रुपैयाँ आर्थिक सहयोग गरिनेछ। यसका साथै कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग २५ वर्षका लागि प्रतियुनिट ७।३० रुपैयाँमा विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ।

टोटल एनुअल कन्ट्रयाक्ट इनर्जी १७.६१ जीडब्ल्यूएच रहेको छ। ९६० मिटर ३३ केभीए प्रसारण लाइनबाट सञ्चालनमा रहेको प्राधिकरणको पाँचगाँची (बुलुचोक) सबस्टेसनबाट विद्युत निकालिनेछ।

वि.सं.२०८० असार ३० शनिवार १२:२२ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...