back
NMB ad

आरएसडिसी लघुवित्तको नाफामा सामान्य वृद्धि, प्रतिशेयर आम्दानी कति ?

Kumari bank ad

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

प्रकाशित विवरण अनुसार लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ११ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.७१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष लघुवित्तले १० करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १९.२१ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १७.०६ प्रतिशत बढेको छ। लघुवित्तको निष्क्रिय कर्जा ०.४९ प्रतिशतबाट बढेर १.२२ प्रतिशत पुगेका छ। जसका कारण लघुवित्तको इम्पेरमेन्ट चार्ज ९ करोड ९९ लाख रुपैयाँ पुगेको छ। फलस्वरुप लघुवित्तको सञ्चालन मुनाफा समीक्षा अवधिमा ५.८८ प्रतिशत मात्र बढेको छ।

नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १३ रुपैयाँ १२ पैसा रहेको लघुवित्तको यस्तो आम्दानी, गत आर्थिक वर्षको सोही अवधिसम्ममा २८ पैसा घटेर १२ रुपैयाँ ८४ पैसामा झरेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ४६ पैसा रहेको छ।

वि.सं.२०८० साउन ३ बुधवार १०:१२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...