back
NMB ad

वाणिज्य बैंकहरुले कमाए ६७ अर्ब नाफा, अग्रस्थानमा नबिल अन्यको अवस्था कस्तो ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको जेठसम्ममा वाणिज्य बैंकहरुले ६७ अर्ब बढी नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको मासिक विवरण अनुसार २१ वाणिज्य बैंकले ६७ अर्ब २३ करोड रुपैयाँ नाफा आर्जन गरेका हुन् ।

सबैभन्दा धेरै मुनाफा आर्जन गर्ने बैंक नबिल बैंक बनेको छ। नबिल बैंकले ७ अर्ब ११ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ।दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ। बैंकले ६ अर्ब ५० करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ।

तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ। जेठसम्ममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ७६ करोड रुपैयाँ नाफा कमाएको छ भने एनआइसी एशिया बैंकले ४ अर्ब ६३ करोड र राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ४७ करोड नाफा कमाएको छ।

यस्तै, एनएमबि बैंकले ३ अर्ब ३२ करोड नाफा कमाएको छ। हिमालयन बैंकले ३ अर्ब २९ करोड, प्राइम कमर्शियल बैंकले ३ अर्ब २१ करोड र स्ट्यान्डर्ड चाटर्ड बैंकले ३ अर्ब ११ करोड नाफा कमाएको छ।

त्यसैगरी, नेपाल बैंकले ३ अर्ब ७ करोड, एभरेष्ट बैंकले ३ अर्ब ६ करोड, कुमारी बैंकले २ अर्ब ९५ करोड, प्रभु बैंकले २ अर्ब ८९ करोड, सानिमा बैंकले २ अर्ब २५ करोड, सिद्धार्थ बैंकले २ अर्ब २२ करोड र नेपाल एसविआई बैंकले २ अर्ब ९ करोड नाफा कमाएका छन्।

यी बाहेक ५ बैंकले भने २ अर्बभन्दा कम नाफा कमाएका छन्। कृषि विकास बैंकले सबैभन्दा कम १ अर्ब ५६ करोड रुपैयाँ नाफा कमाएको छ भने सनराइज बैंकले १ अर्ब ५९ करोड, सिटिजन्स बैंकले १ अर्ब ६८ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब ६८ करोड र लक्ष्मी बैंकले १ अर्ब ६८ करोड रुपैयाँ नाफा कमाएका छन्।

वि.सं.२०८० साउन ३ बुधवार १३:२८ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...