काठमाडौं । साताको पहिलो कारोबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ ५०० रुपैंयाले घटेको हो । योसँगै छापावाल सुन प्रतितोला १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ८०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १२ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ प्रतितोला १५ रुपैंयाले घटेर तोलाको १ हजार ४६५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ४८० रुपैयाँमा किनबेच भएको थियो।
वि.सं.२०८० साउन ७ आइतवार १०:५३ मा प्रकाशित