काठमाडौँ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालू आर्थिक वर्ष (२०८०/८१) को मौद्रिक नीति पारित गरेको छ ।
बैठकले भर्खरै राष्ट्रबैंकको अनुसन्धान विभागले तयार गरेको मौद्रिक नीति पारित गरेको स्रोतले जानकारी दियो । केही बेरमै वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी केन्द्रीय बैंकले गरेको छ । मौद्रिक नीतिका सम्बन्धमा पत्रकार सम्मेलन भने ३ बजे याक एण्ड यति होटलमा डाकिएको छ ।
समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो ।
मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापन मार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सृजनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ ।
वि.सं.२०८० साउन ७ आइतवार १२:४१ मा प्रकाशित