back
NMB ad

खल्तीको “द बिगेस्ट पेमेन्ट जात्रा” अफर सफलतापूर्वक सम्पन्न, ५ जनाले पाए पल्सर एन१६०

Kumari bank ad

काठमाडौं । खल्तीको वार्षिक अफर “द बिगेस्ट पेमेन्ट जात्रा” मा ८ लाख ६८ हजार भन्दा बढी प्रयोगकर्ताको सहभागिताका साथ असार ३१ गते सम्पन्न भएको छ।

यस करोडौँको अफरमा प्रमुख उपहारहरुमा ५ वटा पल्सर एन१६०, २ वटा आइफोन १४, वानप्लस ११, डायमन्ड रिङ तथा अन्य उपहार समावेश थियो। यसबाहेक प्रयोगकर्ताले प्रत्येक भुक्तानीपछि स्क्र्याच कार्डहरु प्राप्त गरेका थिए र प्रत्येक दिन भर्चुअल खुत्रुके जसबाट ५० वटा स्मार्टवाच, ३० वटा इयरबड, ५०० चलचित्र टिकट र करोडौँ मूल्यका कुपनहरु वितरण गरिएको थियो।

पाँचवटा पल्सर बाइकका बिजेताहरु यस अफर अवधिभरि फेसबुक लाइभमार्फत घोषणा भइसकेको छ। जसका बिजेताहरु बिटु साह कल्वार (राउन्ड १), प्रदिप धिताल (राउन्ड २), लक्ष्मण डेली स्टोर (राउन्ड ३), नरेन्द्र महर्जन (राउन्ड ४) र निहाल आयुरवेदिक फार्मा (बोनस राउन्ड) रहेका छन्।

अन्तिम लाइभमा २ वटा पल्सर एन१६०– राउन्ड ४ र बोनस राउन्डका विजेताहरुका साथै अरु बम्पर उपहारजस्तै आइफोन १४, वानप्लस ११ र डायमन्ड रिङका भाग्यशाली विजेता घोषणा भएका थिए।

यसैबीच यो २ महिनाको अवधिमा अन्य उपहार र कुपनहरु जस्तैः स्क्र्याच कार्डमार्फत रु। २ करोड ९० लाखभन्दा बढी र खुत्रुकेमार्फत रु। ५ करोड ३० हजारभन्दा बढीको उपहार खल्ती प्रयोगकर्ताले पाएका छन्।

यस अफरको सफलताको बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्–‘यस अफरको सुरुआतमा प्रत्येक प्रयोगकर्तालाई कुनै पनि भुक्तानी गर्ने अतुलनीय फाइदाहरुका साथ डिजिटल रुपमा कारोबार गर्न प्रोत्साहित गर्ने भनि अपेक्षा गरिएको थियो। यो अफरलाई नेपालको भुक्तानी उद्योगमा उत्कृष्ट सफलता दिन मदत गर्नुभएका हाम्रा साझेदारहरुप्रति हामी आभारी छौं। हाम्रा प्रयोगकर्ता, एजेन्ट, मर्चेन्ट, मिडिया, ब्रान्ड पार्टनरहरु, बैंक तथा इन्सुरेन्सहरु, नियामकहरु र अन्य साझेदारहरुको साथ बिना यो अफरको सफलता सम्भव थिएन।’

आगामी दिनमा पनि डिजिटल भुक्तानीप्रति सबै नेपालीलाई प्रोत्साहित गर्न खल्तीले थुप्रै रोमान्चक अफर र पुरस्कारहरु आफ्ना प्रयोगकर्तामाझ ल्याउनेछ।

वि.सं.२०८० साउन ७ आइतवार १३:१९ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...