back
NMB ad

फलफूल र तरकारीबाट वार्षिक १६ लाख आम्दानी   

Kumari bank ad

अर्घाखाँची ७ साउन । सन्धिखर्क नगरपालिका–८ किमडाँडाका युवा ठाकुर भुसालको आपको बगैँचामा लटरम्म आँप फलेका छन् । वैदेशिक रोजगारबाट फर्किएर कृषि पेसामा लागेका भुसालले यसवर्ष आँप बिक्रीबाट रु सात लाखभन्दा बढी आम्दानी हुने अपेक्षा गर्नुभएको छ ।

“झन्डै ५० बोटमा अहिले ९० क्विन्टलभन्दा बढी आँप फलेको छ, उत्पादन भएको आँपको बिक्रीका लागि कुनै समस्या छैन, सन्धिखर्कमा मात्र होइन् बुटवल र पोखरासम्मका व्यापारी घरमै पुगेर खरिद गर्ने गरेका छन्”, उहाँले भन्नुभयो, “अहिले घरमै थोकमा रु ८० प्रति किलोमा आँपको बिक्री हुने गरेको छ ।”

व्यावसायिक फलफूल तथा तरकारी खेतीबाट वार्षिक रु १६ लाखभन्दा बढी कमाउने गरेको उहाँले सुनाउनुभयो । उहाँले बेमौसमी तरकारी उत्पादन गरेर मनग्ये आम्दानी गर्नुभएको छ । अठार वर्ष पहिले मकै, गहुँ र तोरी छर्ने बारीमा आँप लगाउने चलन थिएन । व्यावसायिक रुपमा तरकारी र फलफूलखेती गरेर पनि केही गर्न सकिन्छ भन्ने मान्यताका साथ आँपका बिरुवा लगाएको किसान भुसालले बताउनुभयो । तराईमा मात्र आँप खेती हुन्छ भन्नेका लागि यो उत्पादनले सबैलाई चकित पारेको छ ।

वि.सं.२०८० साउन ७ आइतवार १४:२९ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:२७

काठमाडौँ, ८ जेठ: हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै...

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:११

कर्णाली : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति...

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...