back
NMB ad

सिजिटन, रिलायबल र सन नेपाल लाइफको आईपीओमा कति पर्यो आवेदन ?

Kumari bank ad

काठमाडौं । हाल ३ वटा जीवन बीमा कम्पनीले प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला गरिरहेका छन्।

सिजिटन लाइफ, रिलायबल नेपाल लाइफ र सन नेपाल लाइफले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएकाहरुका लागि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेका हुन्।

सिटिजन लाइफको आईपीओमा आज साउन ७ गते आइतबार साँझसम्मा कुल १९ हजार २१ जना आवेदकले १३ लाख ३६ हजार ३५० कित्ताका लागि आवेदन दिएका छन्। कम्पनीको आईपीओमा ३२ करोड ६० लाख रुपैयाँमाथि संकलन भएको छ।

कम्पनीले वैदेशिक रोजगारमा गएकाहरुका लागि कुल ११ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो। इन्स्योरेन्सको शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले असार ३१ गतेदेखि साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन्।कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।

सीडीएस एन्ड क्लियरिङका अनुसार साउन ७ गते आइतबार साँझसम्म रिलायबल नेपालको आईपीओमा कुल २२ हजार ६५३ जनाले १६ लाख ३६ हजार ४९० कित्ताका लागि आवेदन परेको छ। कम्पनीको आईपीओमा हालसम्म ४२ करोड ५ लाख रुपैयाँ संकलन भएको छ।

कम्पनीले वैदेशिक रोजगारमा गएकाहरुका लागि कुल १२ लाख कित्ता आईपीओ जारी गरेको हो। विदेशमा रहेका श्रमिकले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्। उनीहरुले यो आईपीओमा साउन १० गतेसम्म आवेदन दिन सक्नेछन्। रिलायबल नेपाल लाइफको आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ।

त्यस्तै, सन नेपाल लाइफको आईपीओमा कुल १७ हजार ३८२ जना आवेदकले ११ लाख १३ हजार २९० कित्ताका लागि आवेदन दिएका छन्। सीडीएस एन्ड क्लियरिङका अनुसार आइतबार साँझसम्म कम्पनीको आइपीओमा २६ करोड ६० लाख रुपैयाँ संकलन भएको छ ।

कम्पनीले वैदेशिक रोजगारमा गएकाहरुका लागि कुल ९ लाख ६० हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो। इन्स्योरेन्सको शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले साउन १ गतेदेखि १५ गतेसम्म आवेदन दिन सक्नेछन्। यसमा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ड बैंकिङ्ग लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन्।

वि.सं.२०८० साउन ७ आइतवार १८:०४ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...