काठमाडौं । साताको दोस्रो कारोबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ ३०० रुपैंयाले घटेको हो । योसँगै छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ३०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ प्रतितोला ५ रुपैंयाले घटेर तोलाको १ हजार ४६० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला १ हजार ४६५ रुपैयाँमा किनबेच भएको थियो।
वि.सं.२०८० साउन ८ सोमवार १०:५० मा प्रकाशित