back
NMB ad

हिन्दीलाई विश्वभाषा बनाउने प्रयासमा भारत   

Kumari bank ad

न्युयोर्क, १० साउन ।  भारतले हिन्दीलाई विश्वभाषा बनाउने प्रयास थालेको छ । भाषिक विविधताको मूल्य र हिन्दीलाई विश्वव्यापी भाषाको रूपमा प्रवद्र्धन गर्न भारत सरकारले संयुक्त राष्ट्रसङ्घलाई दश लाख अमेरिकी डलर प्रदान गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले राष्ट्रसङ्घको विश्व सञ्चार विभागकी उपसचिव मेलिसा फ्लेमिङलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्दै बहुभाषिकताको बृहत्तर उद्देश्य तथा भाषागत समावेशिता प्रवद्र्धनमा भारत सरकारको यो योगदानबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यो सहयोगबाट विश्वसंस्थाले हिन्दी भाषालाई बढी प्रयोग गर्नाका साथै त्यसबाट अन्तर्राष्ट्रिय मामिलामा हिन्दी भाषीको संलग्नता पनि बढाउने विश्वास भारतीय राजदूतले व्यक्त गर्नुभयो । भारत सरकारले हिन्दी भाषाको प्रवद्र्धनका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घका गतिविधिको मल्टिमिडिया सामग्री र समाचारको उत्पादन, हिन्दीभाषी सर्वसाधारणसमक्ष फेसबुक, इन्स्टाग्राम, ट्वीटरलगायत सामाजिक सञ्जालमा पोष्ट गर्न तथा हिन्दी भाषा बोल्नेहरूको आवाजलाई विश्वव्यापीस्तरमा पु¥याउन सहायता रकम उपयोग हुने बताइएको छ ।

विश्वव्यापी रूपमा सबैभन्दा धेरै बोलिने भाषामध्ये हिन्दी पनि एक हो । विशेषगरी यो भाषा भारतमा बोलिन्छ भने अन्य राष्ट्रमा पनि यो भाषा बोल्नेहरू छन् । भारतले संयुक्त राष्ट्रसङ्घमा हिन्दीको प्रयोगलाई प्रोत्साहन गर्नुको मुख्य कारण हिन्दी भाषीलाई विश्वव्यापी मान्यता दिनु हो ।

वि.सं.२०८० साउन १० बुधवार १२:४१ मा प्रकाशित

You can share this post!

विश्वकप क्रिकेटः नेपालले बङ्गलादेशसँग खेल्ने   

विश्वकप क्रिकेटः नेपालले बङ्गलादेशसँग खेल्ने   

वि.सं.२०८१ असार २ आइतवार १८:००

काठमाडौँ, २ असारः आइसिसी विश्वकप क्रिकेट २०२४ अन्तर्गत समूह डी...

आगामी ४ दिन अत्याधिक गर्मी हुने, सतर्कता अपनाउन अनुरोध

आगामी ४ दिन अत्याधिक गर्मी हुने, सतर्कता अपनाउन अनुरोध

वि.सं.२०८१ असार २ आइतवार १७:५५

काठमाडौ । आगामी केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका...

बीमा प्राधिकरणका निर्देशक, उपनिर्देशक र सहायक निर्देशकको विदाई

बीमा प्राधिकरणका निर्देशक, उपनिर्देशक र सहायक निर्देशकको विदाई

वि.सं.२०८१ असार २ आइतवार १६:५९

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक, निर्देशक, उपनिर्देशक...

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ असार २ आइतवार १५:१३

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असार २ आइतवार १५:०४

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

भोली सार्वजनिक बिदा

भोली सार्वजनिक बिदा

वि.सं.२०८१ असार २ आइतवार १४:४७

काठमाडौँ । सरकारले आगामी भोली असार ३ गते सोमबार परेको...