back
NMB ad

भिजि ईम्पेक्स र एभरेष्ट बैंकबीच सम्झौता, जि.डब्लु.एमको ईलेक्ट्रिक गाडी किन्न ऋण दिने

Kumari bank ad

काठमाडौँ, १० साउन । भि.जि. ईम्पेक्स प्रा.लि. नेपालमा जि.डब्लु.एम सवारीसाधनहरुको एकमात्र आधिकारिक आयातकर्ता र वितरकले एभरेष्ट बैंक लिमिटेडसँग आईसीई सवारीसाधनहरु हाभल जोलायन, हाभल एच६, पावर र विङ्गल र इलेक्ट्रिक गाडी ओरा ०३ लगायतका विभिन्न प्रकारका सवारी साधनहरूको वित्तीय (फाइनान्सिङ) सुविधाका लागि सम्झौता गरेको छ । उक्त सम्झौतामा भि.जि.ईम्पेक्स – जि.डब्लु. एम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र र एभरेष्ट बैंक लिमिटेडका उप–महाप्रबन्धक गौरव कुमारले हस्ताक्षर गरेका छन् ।

जि.डब्लु.एमका कुनै पनि सवारीसाधन खरीद गर्न चाहने ग्राहकहरुलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्नेे उद्देश्यका साथ, यो सहकार्य गरिएको हो । यसले ग्राहकहरुलाई प्रतिस्पर्धी ब्याज दरहरू, डाउन पेमेनट र कर्जा अवधि सहित विभिन्न प्याकेजहरू उपलब्ध गराउने लक्ष्य राखेको छ, जुन ग्राहहरुले आफ्नो आवश्यकताहरुको आधारमा छनौट गर्न सक्छन् ।

एभरेष्ट बैंकले अधिकतम ७ वर्षको अवधिको लागि उत्कृष्ट ROI  (ब्याजदर ) सहितको अधिकतम ८० प्रतिशत ऋण उपलब्ध गराउने छ । ३ वर्ष सम्मको कर्जा अवधिको लागि, न्युनतम प्रभावकारी ROI (ब्याजदर) १०.८० प्रतिशत रहनेछ ।

जि.डब्लु.एमका इलेक्ट्रिक गाडीको लागि च्इक्ष् (ब्याजदर) मात्र BR* ८+ २.०० प्रतिशत (११.३० प्रतिशतको प्रभावकारी ब्याज दर) रहनेछ ।

जि.डब्लु.एमका आईसी मोडेलको गाडीको लागि ROI  (ब्याजदर) मात्र BR*८+ २.५० प्रतिशत (११.८० प्रतिशतको प्रभावकारी ब्याज दर) रहनेछ ।

जि.डब्लु.एमका इलेक्ट्रिक गाड कोे लोन–टु–भ्यालु (लोन–टु–भ्यालु÷बैंक फाइनान्स) मा ५० प्रतिशत सम्मको लगानीमा ROI  (ब्याजदर) मा थप ०.५० प्रतिशत छुट उपलब्ध गराइएको छ । सबै गाडीहरुको लागि कर्जा प्रशोधन शुल्क   स्वीकृत कर्जाको मात्र ०.५० प्रतिशत निर्धारित गरिएको छ ।

ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको एभरेष्ट बैंक शाखामा गएर आवेदन दिन सक्नेछन् ।

 

वि.सं.२०८० साउन १० बुधवार १४:२८ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...