back
NMB ad

लघुवित्तले ऋणीको सम्पत्ति लिलामी गरे के गर्ने ? राष्ट्र बैंकले जारी गर्यो यस्तो सूचना

Kumari bank ad

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले गैरकानुनी ढंगले ऋणीको सम्पत्ति लिलामी गरेको भएमा नेपाल राष्ट्र बैंकमा उजुरी गर्न सकिने भएको छ।

हालै राष्ट्र बैंकमा लघुवित्त वित्तीय संस्थाका ऋणीहरुको गुनासो सुनुवाइका लागि अलग्गै गुनासो सुनुवाइ डेस्क स्थापना गरेको छ। यदि कुनै लघुवित्तले गैरकानुनीबाट ऋणीको सम्पत्ति लिलामी गरेको भएमा अब सोही गुनासो सुनुवाइ डेस्कमा ऋणीहरुले आफ्ना उजुरी वा गुनासो दर्ता गर्न सक्नेछन्।

आज एक सूचना जारी गर्दै लघुवित्त वित्तिय संस्थाले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनको पालना नगरेको वा तोकेभन्दा बढी ब्याजदर वा अन्य शुल्क लिएको, गैरकानुनी रुपमा सम्पत्ति लिलामी गरेको ,उद्यम व्यवसाय गर्न असहयोग गरेका वा अन्य कुनै गुनासो भएमा राष्ट्र बैंकमा गुनासो दर्ता गर्न आग्रह गरेको छ ।

आफ्ना गुनासा बेलैमा दर्ता गरी सोको यथोचित समाधान गर्नेतर्फ पहल गर्न सम्बन्धित सबै ऋणीलाई राष्ट्र बैंकले आग्रह गरेको छ।

राष्ट्र बैंकले पैसा तिर्नु नपर्ने नम्बर १८१०५००००२२ मार्फत गुनासो दर्ता गर्न र राष्ट्र बैैंकको इमेल वा कार्यालय समयमा निवेदन दर्ता थरी सोको यथोचित समाधान गर्नेतर्फ पहल गर्न सम्बन्धित सबै ऋणीहरुलाई आग्रह गरेको छ।

वि.सं.२०८० साउन ११ बिहीवार १०:०९ मा प्रकाशित

You can share this post!

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि सर्‍यो   

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि सर्‍यो   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:२३

काठमाडौँ, ६ जेठ : आज बिहान ११ बजे बस्नेगरी तय...

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

वि.सं.२०८१ जेठ ६ आइतवार १२:५४

काठमाडौँ, ६ जेठ : अतिसिमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ...