back
NMB ad

हतुवागढीमा दिमालुङ स्मारक उद्यान   

Kumari bank ad

भोजपुर, ११ साउन।पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भोजपुरको हतुवागढी गाउँपालिकामा दिमालुङ स्मारक उद्यान निर्माण गरिएको छ । किरात संस्कृतिको संरक्षण गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गाउँपालिकाको योजना र प्रदेश सरकारको लगानीमा यहाँ स्मारक उद्यान निर्माण गरिएको हो ।
किरात राईको आस्थाको केन्द्रको रुपमा रहेको वडा नं २ र ३ मा पर्ने सो स्थानमा कोशी प्रदेश सरकारको पर्यटन मन्त्रालय, भवन तथा सहरी विकास कार्यालय धनकुटाको रु दुई करोड आठ लाख र गाउँपालिकाको रु पाँच लाखक्ँे ल्ँग्त्म्ँ उद्यान निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७४/७५ मा निर्माण थालिएको गरिएको पार्कलाई पर्यटकीय क्षेत्रका रुपमा स्थापित गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।

“किरात संस्कृतिको संरक्षणसँगै यसलाई पर्यटनसँग जोडेका छौँ । यसबाट संस्कृतिको संरक्षणसँगै यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास छ”, अध्यक्ष राईले भन्नुभयो । यो ठाउँ गाउँपालिकाले निर्माण गरिरहेको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्गको अन्तिम विन्दुको रुपमा रहेको छ । यो स्थानमा पर्यटकलाई लक्षित गरेर किरात संस्कृतिसँग जोडिएका विभिन्न संरचना निर्माण गरिका छन् । यहाँ रहेको किरात राईको तिहास बोकेको विषेश खालको दिमालुङ ढुङ्गाको संरक्षण गर्दै उद्यान निर्माण गरिएको हो ।

राई भाषामा ‘दिमा’ भनेको बोजु र ‘लुङ’ भनेको ढुङ्गा हो । त्यसैले उद्यानको नाम दिमालुङ राखिएको हो । किरात समुदायले वर्षमा दुई पटक यस क्षेत्रमा साकेन्वा नाच्ने र पुज्ने गरेका छन् । दिमालुङ उद्यानको आवश्यक व्यवस्थापनका लागि प्रदेश सरकारको रु २५ लाख र गाउँपालिकाको रु सात लाखमा थप काम गर्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो ।

वि.सं.२०८० साउन ११ बिहीवार १०:२५ मा प्रकाशित

You can share this post!

सुरक्षाकर्मीको सेवानिवृत्त उमेर पुनरावलोकन गरिने   

सुरक्षाकर्मीको सेवानिवृत्त उमेर पुनरावलोकन गरिने   

वि.सं.२०८१ जेठ १५ मंगलवार १७:००

काठमाडौँ, १५ जेठः सरकारले सुरक्षाकर्मीको सेवानिवृत्त हुने उमेर पुनरावलोकन गर्न...

प्रधानमन्त्री छोरी कार्यक्रमलाई १० करोड   

प्रधानमन्त्री छोरी कार्यक्रमलाई १० करोड   

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:५५

काठमाडौँ, १५ जेठ : सरकारले आगामी आर्थिक वर्षलाई ‘महिला लगानी...

एक लाख ‘रिटर्नी’लाई स्वरोजगार बनाइने   

एक लाख ‘रिटर्नी’लाई स्वरोजगार बनाइने   

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:५१

काठमाडौँ, १५ जेठः अन्तर्राष्ट्रिय श्रम रोजगारबाट फर्किएका एक लाख ‘रिटर्नी’लाई...

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ८६ अर्ब २४ करोड   

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ८६ अर्ब २४ करोड   

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:४८

काठमाडौँ, १५ जेठ : आगामी आर्थिक वर्ष २०८१/८२ का लागि...

स्वास्थ्यमा समस्या आएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

स्वास्थ्यमा समस्या आएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:४६

जनकपुर, १५ जेठः नागरिकता कसुरमा विगत सात दिनदेखि जिल्ला प्रहरी...

आगामी वर्ष १६ लाख विदेशी पर्यटक पुर्‍याउने लक्ष्य   

आगामी वर्ष १६ लाख विदेशी पर्यटक पुर्‍याउने लक्ष्य   

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:४३

काठमाडौँ, १५ जेठ : सरकारले आगामी वर्ष १६ लाख विदेशी...