काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार उक्त दिन सुनको भाउ ८०० रुपैंयाले बढेको हो । योसँगै छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ प्रतितोला २५ रुपैंयाले बढेर तोलाको १ हजार ४९० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ४६५ रुपैयाँमा किनबेच भएको थियो।
वि.सं.२०८० साउन ११ बिहीवार १०:४१ मा प्रकाशित