अष्ट्रेलिया । एनआरएनए अष्ट्रेलियाको निर्वाचन नजिकिए संग उम्मेदवारहरुले आफ्नो प्रचार प्रसारलाई तिब्रता दिएका छन् ।
यहि क्रममा देव बहादुर गुरुङको (टिम परिवर्तन) ले एडिलेडमा शनिवार चुनावी भेटघाट सम्पन्न गरेको छ । कार्यक्रममा सम्वोधन गर्दै गुरुङले मुख्य कुरा नेपाली समुदायको एकता भएकाले आफ्नो जोड त्यसमा रहेको बताए । उनले आफ्नो टिम निर्वाचित भएमा सबै राज्यहरुमा नेपाली समुदायको भवन निर्माणमा अहिले भैरहेको पहल र कामहरुलाई तिव्रता दिन पहल गर्ने बताए ।
कार्यक्रममा गुरुङले आफुले विगतमा गरेका कामको वारे जानकारी दिदै भावी योजनाहरु सुनाएका थिए । कार्यक्रममा महासचिव उषा वारियाले एनआरएन भित्र धेरै काम गर्नु पर्ने बताउदै परिवर्तनका शक्तिशाली आवाज भएकाहरूलाई साथ दिन अनुरोध गर्दै मतदाताहरु संग अनुरोध गरिन । भने आइसिसि उम्मेदवार दिपक जोशीले एनआरएनलाई विदेशमा रहेका नेपालीहरुको अभिभावक संस्थाको रुपमा विकास गर्न आफ्नो भुमिका रहने बताए ।
कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष रेनुका लामाले शुभकामना व्यक्त गरेकी थिईन् । हवाई यात्रामा आएको समस्याले मुख्य कार्यक्रममा आउन नसकेका सचिवका उम्मेदवार बाबुराम पोखरेल, युवा संयोजक अरुण गौतम, आइसिसि उम्मेदवारहरु सुर्य मोहन शर्मा, चन्द्र ढकाल, आशिष अधिकारी तथा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी उपाध्यक्ष रमेश पाण्डे, अष्ट्रेलिया अध्यक्ष केशव जोशी, सचिव प्रकाश पन्थी, आर्थिक विभाग प्रमुख दिपक पहारीले साझ आयोजित टिम देव गुरुङका अगुवा तथा समाजमा अगुवा विच आ भनाईहरु राखेका थिए ।
कार्यक्रमको समापन पछि कुरा गर्दै युवा संयोजकका उम्मेदवार अरुण गौतमले एडिलेडमा उपस्थिति सामाजिक अगुवाहरु आफुहरुलाई उत्साहित बनाएको बताउदै यहा दिईएका सुझावहरुलाई आफुहरु निर्वाचित भएर आए पछि कार्यान्वयनमा लाने बताए ।
वि.सं.२०८० साउन ११ बिहीवार १२:३५ मा प्रकाशित