back
NMB ad

सङ्कटग्रस्त लेबनानको केन्द्रीय बैंकका प्रमुखद्वारा राजिनामा   

Kumari bank ad

बेरुत, १५ साउन । सङ्कटग्रस्त लेबनानको केन्द्रीय बैंकका प्रमुख रियाद सलामेहले सोमबार पदबाट राजीनामा दिनुहुने भएको छ ।

लेबनानको गहिरो विभाजित राजनीतिक वर्ग ७३ वर्षीय सलामेहको स्थानमा नयाँ व्यक्ति प्रतिस्थापन गर्न सहमति जुटाउन असफल भएको छ । यसले राजनीतिक सहमति बन्न नसक्दा राष्ट्रपति चयन गर्न असफल मुलुकमा कामचलाउ सरकारद्वारा शासन रहेको गभर्नरको अर्को शक्ति शून्यता सिर्जना भएको छ ।

करिब ३० वर्षसम्म राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुभएका सलामेह लेबनानी राजनीतिक अभिजात्य वर्गका प्रमुख व्यक्तित्व हुनुहुन्छ । उहाँलाई देशको आर्थिक मन्दीका लागि मुख्यरूपमा दोषी ठह¥याइएको छ, जसले मुद्राको अवमूल्यन हुनुका साथै गरिबीको दर बढेको देखेको छ ।

आफ्नो विरासतको बचाउ गर्दै सलामेहले केही दिनअघि एक स्थानीय प्रसारकलाई आफूलाई सङ्कटका लागि ‘बलिको बोका’ बनाइएको बताउनु भएको थियो । लेबनानको बाँकी राजनीतिक वर्गले उहाँलाई ‘धेरै पहिले’ त्यागेको आरोप लगाएका थिए ।

लेबनानको कानुनअनुसार सलामेहको ठाउँमा केन्द्रीय बैंकका पहिलो उप गभर्नर वासिम मन्सुरीले बार्यबाहक गभर्नरका रूपमा जिम्मेवारी सम्हाल्ने प्रावधान रहेको छ । तर, यसै महिनाको सुरुमा चारै जना उपराज्यपालले राजीनामा दिने चेतावनी दिएका थिए ।

मन्सुरीले सोमबार पछि यो पद सम्हाल्ने वा नलिने भन्ने बारे घोषणा गर्ने अपेक्षा गरिएको थियो ।

भूमध्यसागरीय सानो देश (लेवनान) विगत चार वर्षदेखि विश्व बैंकले आधुनिक इतिहासकै सबैभन्दा खराब मध्येको एकको संज्ञा दिएको आर्थिक सङ्कटको चपेटामा परेको छ ।

करिब ६० लाख जनसङ्ख्या भएको लेबनानको राजनीति अत्यन्त जटिल छ किनभने १८ वटा मुस्लिम र इसाई सम्प्रदायलाई मान्यता दिने स्वीकारोक्ति प्रणालीअन्तर्गत शक्ति बाँडफाँड गरिएको छ ।

लेबनानमा एक वर्षभन्दा बढी समयदेखि सीमित अधिकारसहितको कामचलाउ सरकारले शासन गर्दै आएको छ र नौ महिनादेखि राष्ट्रपतिविहीन छ ।

भ्रष्टाचार गरी अकुतरूपमा कमाएको सम्पत्ति देश तथा विदेशमा जम्मा गरेको आरोपमा सलामेहले दुई वर्षदेखि न्यायिक अनुसन्धानको विषय बन्नुपरेको छ ।

उहाँ फ्रान्स र जर्मनीको खोजीको सूचीमा हुनुहुन्छ र इन्टरपोलले उहाँको गिरफ्तारीका लागि रेड नोटिस जारी गरेको छ, तर लेबनानले आफ्ना नागरिकहरूलाई सुपुर्दगी गर्दैन ।

एक युरोपेली कुटनीतिक स्रोतले एएफपीलाई बताएअनुसार सलामेहमाथि चाँडै नै पेरिसमा मुद्दा चलाइने छ ।

सन् २०२२ को मार्चमा फ्रान्स, जर्मनी र लक्जेम्बर्गले १२ लाख युरो (१३ लाख ५० हजार अमेरिकी डलर) बराबरको सम्पत्ति जफत गरेका थिए ।

गत फेब्रुअरीमा लेबनानले पनि सलामेहमाथि भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र कर छलीको आरोप लगाएको थियो ।

स्विट्जरल्यान्डका सरकारी अभियोजकले सलामेह र उहाँका भाइले ३० करोड अमेरिकी डलरभन्दा बढीको आर्थिक सहयोग गरेकोमा अनुसन्धान गरिरहेका छन् ।

वि.सं.२०८० साउन १५ सोमवार १८:१६ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...