back
NMB ad

कुटपिट र धारिलो हतियार प्रहारबाट दुईको मृत्यु, दुई जना पक्राउ   

Kumari bank ad

काठमाडौँ, १६ साउन ।     काठमाडौँ उपत्यकामा भएको दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा संलग्न रहेका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

आपसी विवादमा कुटपिट हुँदा ललितपुर महानगरपालिका–९ बालकुमारी बस्ने सर्लाहीका ५३ वर्षीय ज्ञानबहादुर भन्ने हिम परियारको मृत्यु भएको हो । सोही महानगरपालिका–९ बालकुमारी च्यासल बस्ने ४३ वर्षीय शङ्खर तामाङले सामान्य विवादका कारण कुटपिट गर्दा गम्भीर घाइते भएका परियारको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसरले ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो ।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग मङ्गलबजारबाट खटिएको प्रहरीले अभियुक्त तामाङलाई पक्राउ गरेको कार्कीले बताउनुभयो ।

यसैबीच काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–४ बस्ने सप्तरीकी ३८ वर्षीया अनिता चौधरीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ ।

सोही नगरपालिका–४ बस्ने ५२ वर्षीय गौरा सिंह बोहराले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल महाराजगञ्ज हुँदै थप उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा उपचारको क्रममा गए राति मृत्यु भएको हो ।

कुटपिट भएको जानकारी हुनासाथ प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले अभियुक्त बोहरालाई पक्राउ गरेको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

वि.सं.२०८० साउन १६ मंगलवार २१:५० मा प्रकाशित

You can share this post!

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:५९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज जेठ...

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४९

काठमाडौँ, ३ जेठ : हाल देशमा पश्चिमी र स्थानीय वायुको...

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४४

गण्डकी, ३ जेठ : पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत...

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४१

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:३५

रमेश लम्साल, काठमाडौँ :  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि...

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...