काठमाडौं। नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो। योसँगै आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन मंगलबार सुन प्रतितोला १ लाख १३ हजार रुपैयाँ रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँमा कारोबार भएको छ। मंगलबार तोलामा चाँदी १ हजार ४७५ रुपैयाँमा किनबेच भएको थियो।
वि.सं.२०८० साउन १७ बुधवार १०:५० मा प्रकाशित