back
NMB ad

हुण्डाईको ‘ह्विल्स अफ चेन्ज’ एक्सचेन्ज अफर, आकर्षक उपहार जित्ने मौका

Kumari bank ad

काठमाडौं । नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले “ ह्विल्स अफ चेन्ज’ नामक एक्सचेञ्ज अफर योजना ग्राहकहरु माझ ल्याएको छ ।

श्रावण १८ बाट सुरु हुने यो योजना हुण्डाई नेपाल अन्तर्गतको Hyundai Promise को सहकार्यमा ५ प्रतिष्ठित कार एक्सचेञ्ज विक्रेताहरुसँगको साझेदारीमा ल्याइएको हो । आफ्नो कुनै पनि ब्राण्डको गाडी ल्याएर हुण्डाईको उत्कृष्ट, गुणस्तरीय र विश्वसनिय इन्धनयुक्त वा विद्युतिय उत्पादनसँग एक्सचेञ्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

हुण्डाईले आफ्ना ग्राहकहरुको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राखी “ह्विल्स अफ चेन्ज’ ” योजना ल्याएको छ, जस अन्तर्गत काठमाण्डौ अटोमोबाइल सेन्टर, बाबा बसेरा अटो ग्रुप प्रा.लि., आर के अटो सेन्टर, श्रेया अटो इन्टरप्राइजेज् र रेसिङ्ग अटोमोबाइल इन्टरप्राइजेज् गरी ५ प्रतिष्ठित एक्सचेञ्ज पार्टनर्सहरु संग सहकार्य गरेको छ । यो योजना नेपालभरीनै लागू हुने भएकोले उपत्यका बाहिर यो योजनामा सहभागी हुन आफ्नो नजिकैको हुण्डाईको शोरुममा जान सकिनेछ ।

अत्यधिक लाभ र विशेषता सहितको यो योजनाले ग्राहकहरुलाई हुण्डाईको विभिन्न उपलब्ध मोडलहरुमा रु. ५,००,००० सम्मको नगद छुट, रु. १,५०,००० सम्मको एक्सचेञ्ज बोनस र रु.२५,००० सम्मको एसेसरिज पनि प्राप्त गर्न सक्नेछन् । एक्सचेञ्ज पार्टनर र हुण्डाई शोरुममा गएर हुण्डाई गाडीको टेष्ट ड्राइभ गरी आकर्षक उपहारहरु पनि जित्न सकिने कम्पनीद्वारा जारी प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ । योजना स्थलमै तुरुन्तै पुरानो गाडीको मूल्याँकन गरी छिटो छरितो माध्यमद्वारा यो एक्सचेञ्ज योजना सफल बनाउन हुण्डाई प्रतिबद्ध छ ।

यस एक्सचेञ्ज योजना सहभागी भई उत्कृष्ट प्रविधिद्वारा निर्मित र विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेका हुण्डाईका compact SUV, SUV, EV    तथा hatchback मध्येबाट आफ्नो रोजाई र आवश्यकता अनुसार छनौट गर्न सक्नेछन् । सबैै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नेपाल भरी १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु ४३ चार्जिङ्ग पोइन्टसहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरी करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरुको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको छ ।

वि.सं.२०८० साउन १८ बिहीवार १२:२१ मा प्रकाशित

You can share this post!

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:१६

काठमाडौँ २१ वैशाख: राष्ट्रिय सूचना आयोगले १७औँ वार्षिकोत्सवका अवसरमा सूचनाको...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०६

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक...

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०१

काठमाडौँ, २१ वैशाख : काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार...

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५७

अबुधाबी (युएई), २१ वैशाख : संयुक्त अरब इमिरेट्स (युएई) ले...

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५०

काठमाडौँ, २१ वैशाख : वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले...