काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार आएको छ । उक्त दिन बजार ३ अंकले बढेर २०८९ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा सुधार आउँदा सपार्ट माइक्रोफाइनान्स, र एनआइबिएल ग्रोथ फण्डको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीहरुको सेयर मूल्य १०/१० प्रतिशतले बढेको हो ।
त्यसैगरी, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड ७.८८प्रतिशत, अभियान लघुवित्तको ७.२३ प्रतिशत, सिइडिबी हाइड्रोपावरको ६.४४ प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०८० साउन १८ बिहीवार १५:०४ मा प्रकाशित