काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको ७ करोड ४३ लाख ५४ हजार रुपैयाँ बराबरको आवेदन परेका छ ।
सिडिएस एण्ड किलयरिङ्गका अनुसार आज अन्तिम दिन अर्थात साउन १८ गते साँझसम्म २७ हजार ७८६ जनाले १४ लाख ८७ हजार ८० कित्तााको लागि आवेदन दिएका हुन् ।
कम्पनीले पहिलो चरणमा साउन ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ निष्कासन तथा बिक्री खुला गरेको हो ।
कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५ प्रतिशतले हुन आउने ५० रुपैयाँ अंकित मूल्यका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्रीको अनुमति पाएको छ। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको थियो ।
वि.सं.२०८० साउन १८ बिहीवार १७:४८ मा प्रकाशित