back
NMB ad

सागर डिस्टिलरीले ७ लाख ५० हजार कित्ता आइपीओ ल्याउने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

Kumari bank ad

काठमाडौं। सागर डिस्टिलरी लिमिटेडद्वारा साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ।

आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ। सम्झौतापत्रमा सागर डिस्टिलरीका तर्फबाट अध्यक्ष सन्दीप जलान र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्।

सागर डिस्टिलरीले कम्पनीको जारी पुँजीको १५ प्रतिशतले हुने ७ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री गर्न लागेको हो। सर्वसाधारण जनताको सहभागिता बढाउनका लागि १५ प्रतिशत आईपीओ निकाल्ने निर्णय गरेको कम्पनीका अध्यक्ष जलानले जानकारी दिए। कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले आईपीओ निकाल्नेछ।

नेपालमा गुणस्तरीय मदिरा उत्पादन र बिक्रीवितरण गर्न विसं। २०६९ सालमा सागर डिस्टिलरीको स्थापना भएको हो। कम्पनीको फ्याक्ट्री नवलपुरको देवचुलीमा रहेको छ। उपभोक्ताको स्वाद र स्वास्थ्यलाई उच्च महत्व दिँदै मदिराजन्य उत्पादनहरु तयार पार्ने गरिएको कम्पनीले जनाएको छ। गुणस्तरीयता नै सफलताको प्रतीक रहनेमा सागर डिस्टिलरी विश्वास राख्दछ।

खासगरी कम्पनीबाट उत्पादित ब्रान्डहरु रोयल ब्लु, ग्रे उल्फ, बेरिज एन्ड ब्लुजले गुणस्तरसँग कुनै सम्झौता नगर्ने अठोटलाई प्रतिबिम्बित गर्ने सागर डिस्टिलरीले दाबी छ। ‘रोयल ब्लुले ह्विस्कीको अत्याधिक राम्रो स्वाद प्रस्तुत गर्दछ भने ग्रे उल्फ प्लाटिनम फिल्टरसहितको लोकप्रिय भोड्का हो, जुन प्रतिस्पर्धीमूलक मूल्यमा बजारमा उपलब्ध छ’, कम्पनीले भनेको छ।

कम्पनीद्वारा उत्पादित जिन, बेरिज एन्ड ब्लुजको स्फुर्तिदायी स्वादले भने हिमनदीको पानी र हिमाली वनस्पतिको मिश्रणको बेजोड स्वाद प्रस्तुत गरिएको सागर डिस्टिलरीले जनाएको छ।

वि.सं.२०८० साउन २१ आइतवार १८:०४ मा प्रकाशित

You can share this post!

प्रभु बैंक र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटबीच सम्झौता

प्रभु बैंक र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:४४

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौ, बसुन्धरा...

१९.८ प्रतिशतले बढ्यो रेमिट्यान्स

१९.८ प्रतिशतले बढ्यो रेमिट्यान्स

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:३१

काठमाडौं । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि भई...

यस्तो छ, बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा कर्जा प्रवाहको अवस्था

यस्तो छ, बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा कर्जा प्रवाहको अवस्था

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:०६

काठमाडौं । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा...

नेप्सेमा १९ अर्ब ४० करोड बराबरको बोनस शेयर सूचिकृत

नेप्सेमा १९ अर्ब ४० करोड बराबरको बोनस शेयर सूचिकृत

वि.सं.२०८१ वैशाख ३० आइतवार १३:५६

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० चैत्र मसान्तमा सूचीकृत...

चैतसम्मको आर्थिक अवस्थाः नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा   

चैतसम्मको आर्थिक अवस्थाः नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा   

वि.सं.२०८१ वैशाख ३० आइतवार १३:४९

काठमाडौँ, ३० वैशाखः चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मुलुकको अधिकांश...

नेपाल राष्ट्र बैंकद्वारा वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकद्वारा वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक (पूर्णपाठ)

वि.सं.२०८१ वैशाख ३० आइतवार १३:४२

काठमाडौं। नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको...