back
NMB ad

पर्यटन व्यवसायीका लागि आयोजित ६ महिने चिनीयाँ भाषा तालिम सम्पन्न

Kumari bank ad

काठमाडौं । नेपाल स्थित चिनीयाँ दुतावासको आयोजना तथा नेपाल पर्यटन बोर्ड र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषदको सहआयोजनामा संचालित ६ महिने चिनीयाँ भाषा तालिम सम्पन्न भएको छ ।

नेपाली पर्यटन व्यवसायीको भाषिक क्षमता अभिवृद्धि तथा नेपाल आउने चिनियाँ पर्यटकसँग बोलीचालीमा सहयोग पुगोस् भन्ने उद्देश्यले पाँचौं चिनियाँ भाषा तालीम आयोजना गरिएको थियो । तालिममा पर्यटन बोर्डका कर्मचारी सहित ४० जना पर्यटन व्यवसायीहरुको सहभागिता रहको थियो ।

तालिमको समापनका अवसरमा सहभागिलाई प्रमाणपत्र वितरण गर्दै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव भरतमणी सुवेदीले नेपाल र चीन बीच लामो समय देखि राजनीतिक,आर्थिक तथा सांस्कतिक सम्बन्ध रही आएको उल्लेख गर्दै यो तालिमले पर्यटन व्यवसायीको क्षमता अभिवृद्धि हुनुको साथै जनस्तरको सम्बन्धलाई समेत प्रगाढ बनाउनु बताउनु भयो । उहाँले मन्त्रालयले पोखरा र भैरहवामा पनि चिनीयाँ भाषा तालिम संचालन गर्न लागिएको जानकारी दिँदै दुतावासबाट सहयोगको अपेक्षा गर्नुभयो ।

नेपाल स्थित चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) वाङ जिनले भाषा तालिमले भाषाको मात्र नभई चिनीयाँ कला संस्कृतिका बारेमा समेत जानकारी आदान प्रदान भएको बताउनु भयो । उहाँले पर्यटन बोर्डसंगको सहकार्यमा हालै पोखरामा आयोजित ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट फेस्टिभल’ सम्पन्न भएको र त्यसबाट नेपालको पर्यटन प्रर्वद्धनमा सहयोग पुगेको बताउँदै आउने दिनमा पनि सहकार्य जारी रहने बताउनु भयो ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा। धनन्जय रेग्मीले नेपालमा चीन नेपालको प्रमुख पर्यटन स्रोत बजार भएको उल्लेख गर्दै यस प्रकारका तालिमले नेपालको पर्यटन प्रर्वद्धनमा सघाउन पुग्ने बताउनु भयो । उहाँले पर्यटन प्रर्वद्धनका लागि दुतावाससंगको सहकार्यमा विभिन्न कार्यक्रमहरु भइरहेको जानकारी दिँदै यो भाषा तालिमले नेपाली पर्यटन व्यवसायीहरुको क्षमता अभिवृद्धि हुने अपेक्षा गरेको बताउनु भयो । तालिम समापनका अवसरमा सहभागीहरुले विभिन्न चिनीयाँ नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।

वि.सं.२०८० साउन २३ मंगलवार २०:२८ मा प्रकाशित

You can share this post!

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा दोहोरो अंकको वृद्धि, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकको वृद्धि, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ जेठ ७ सोमवार १५:०९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

नेप्सेमा १ करोड ८६ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ८६ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ जेठ ७ सोमवार १५:००

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

दुहवी र इटहरीका आगलागी पीडित १२ घरपरिवारलाई राहत वितरण

दुहवी र इटहरीका आगलागी पीडित १२ घरपरिवारलाई राहत वितरण

वि.सं.२०८१ जेठ ७ सोमवार १४:२३

सुनसरी, ७ जेठ । सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ९...

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित नौ जनाको मृत्यु भएको पुष्टि   

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित नौ जनाको मृत्यु भएको पुष्टि   

वि.सं.२०८१ जेठ ७ सोमवार १३:३४

तेहरान, इरान, ७ जेठ : इरानको उत्तरपश्चिमी क्षेत्रमा आइतबार दुर्घटना...

नाराबाजीबीच प्रधानमन्त्री दाहाललाई चौथो पटक विस्वासको मत प्राप्त

नाराबाजीबीच प्रधानमन्त्री दाहाललाई चौथो पटक विस्वासको मत प्राप्त

वि.सं.२०८१ जेठ ७ सोमवार १३:१४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत...