back
NMB ad

महात्मा गान्धीका पनाति पक्राउ   

Kumari bank ad

मुम्बइ, २४ साउन ।  महात्मा गान्धीका पनाति तुसार गान्धी पक्राउ परेका छन् । शान्ताक्रुज प्रहरीले उनलाई आज बिहान पक्राउ गरेको हो ।

‘भारत छोडो आन्दोलन’ स्मृति दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन क्रान्ति मैदानतर्फ गइरहेका बेला उनलाई पक्राउ गरिएको हो ।

सामाजिक सञ्जालमा गान्धीका पनातिले ‘ यो ऐतिहासिक दिनमा बापु र बालाई बेलायतका प्रहरीले पक्राउ गरेका थिए, म पनि पक्राउ परेँ, यसमा मलाई गर्व छ,’ लेखेका छन् ।

आजै मध्याह्नतिर सामाजिक सञ्जालमा नै अर्को विवरण प्रस्तुत गर्दै तुसारले ‘अन्ततः मलाई रिहा गरिएको छ, इन्कलाब जिन्दाबाद’ लेखेका छन् । सन् १९४२ मा आजकै दिन अर्थात् ९ अगष्टमा महात्मा गान्धीको नेतृत्वमा भारत छोडो आन्दोलन प्रारम्भ भएको थियो ।

यसैबीच, महाराष्ट्र एनसीपीका अध्यक्ष जयन्त पाटिलले पत्रकारहरूसँगको कुराकानीमा “ आज महत्वपूर्ण दिन हो … यदि कसैले लोकतन्त्रका विरुद्धमा केही गरे भने देशका जनता एकजुट भएर एउटै नारा लगाउनेछन् । महात्मा गान्धी र अन्य स्वतन्त्रता सेनानीहरूलाई गिरफ्तार गरेको ८१ वर्ष बितिसकेको छ । अहिले उहाँका नातिनातिनालाई हिरासतमा राखिएको छ । के हामी अझै औपनिवेशिक युगमा छौ,” प्रश्न गरे ।

वि.सं.२०८० साउन २४ बुधवार २०:०८ मा प्रकाशित

You can share this post!

एक लघुवित्तको २ लाख १३ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

एक लघुवित्तको २ लाख १३ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ७ सोमवार ११:१९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार एक कम्पनीको बोनस...

अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता   

अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता   

वि.सं.२०८१ जेठ ७ सोमवार ११:१०

चन्द्रप्रसाद ढकाल    काठमाडौँ, ७ जेठ : औद्योगिक उत्पादनमा कमी र...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, आज कति बढ्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार ११:०३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी   

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी   

वि.सं.२०८१ जेठ ७ सोमवार १०:३२

विराटनगर, ७ जेठ: कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा राजेन्द्र...

आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी   

आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी   

वि.सं.२०८१ जेठ ७ सोमवार १०:०८

रमेश लम्साल    काठमाडौँ, ७ जेठः सरकारी स्वामित्वको विद्युत् उत्पादन...

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:१३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...