back
NMB ad

वाणिज्य बैंक र नलगाड नगरपालिकाबीच सम्झौता   

Kumari bank ad

जाजरकोट, २५ साउन ।   उद्यमशीलता विकास गर्ने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंक र नलगाड नगरपालिकाबीच सहुलियतपूर्ण कर्जा प्रदान गर्नेसम्बन्धमा सम्झौता भएको छ । सिंहदरबारस्थित वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा आज नगरप्रमुख डम्बरबहादुर रावत र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठबीच सो सम्झौता भएको हो ।

स्थानीय क्षेत्रभित्र स्थायी बसोबास गर्ने नगरवासीको जीवनयापनमा सहयोग पुग्ने गरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन ब्याज अनुदान कार्यक्रमअनुसार सम्झौता सहयोग पुग्ने बताइएको छ ।

यस नगरपालिकाले जोखिमपूर्ण अवस्थामा रहेका सर्वसाधारणको जीवनस्तर माथि उठाउन कोष स्थापना गरेको छ । विभिन्न लघुवित्तले जनतालाई चर्को ब्याज लिएर समस्यमा परिरहेको समयमा सहुलियतपूर्ण कर्जा लागू गरी जनताको जीवनस्तर उकास्न सहयोग मिल्ने अपेक्षा लिइएको नगरप्रमुख रावतले बताउनुभयो ।

सहुलियतपूर्ण कर्जा कृषि तथा पशुपालन गरी जीवनस्तर सुधारका लागि प्रयोग हुने उहाँको भनाइ थियो । यस क्षेत्रका बासिन्दा जीविकोपार्जनका लागि भारत तथा अन्य मुलुक जानुपर्ने बाध्यतालार्ई अन्त्य गरी गाउँघरमै उद्यमशीलता विकास गर्न यस सम्झौताले सहयोग पु¥याउने पूर्वमन्त्री गणेशप्रसाद सिंहले बताउनुभयो ।

यसैबीच यस नगरपालिकामा वाणिज्य बैंकको शाखा स्थापनाका लागि पहल भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले छिट्टै बैंकको शाखा सञ्चालन गरिने बताउनुभयो । नगर क्षेत्रभित्र भेरी करिडोर र चार सय १७ मेगावाट क्षमताको नलगाड जलविद्युत् आयोजना निर्माण भइरहेको र सोही क्षेत्रमा ४०० केभी क्षमताको सवस्टेशन निर्माण भइरहेकाले उक्त शाखाको बारोबार बढ्ने अनुमान गरिएको छ ।

वि.सं.२०८० साउन २५ बिहीवार १७:०२ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...