काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित दुई म्युचुअल फन्डले लाभांश घोषणा गरेको छ।
योजना व्यवस्थापक कुमारी क्यापिटलको बिहीबार बसेको बैठकले कुमारी इक्विटी फन्ड र कुमारी धनवृद्धि योजनाको लाभांश वितरण गर्ने निर्णय गरेको हो।
जसअनुसार कुमारी इक्विटी फन्डका इकाइधनीहरुलाई १० प्रतिशत (करसहित) र कुमारी धनवृद्धि योजनाका इकाइधनीहरुलाई ६ प्रतिशत (करसहित) वितरण गर्ने निर्णय बैठकले गरेको छ।
वि.सं.२०८० साउन २६ शुक्रवार १३:५९ मा प्रकाशित