काठमाडौं। आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म दाखिला भएको करका आधारमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा परेको छ ।
अर्थ मन्त्रालयको स्रोतअनुसार ग्लोबल आइएमई बैंकले गत आवमा ५ अर्ब ४३ करोड रुपैयाँ कर दाखिला गरेको हो ।
ग्लोबल आइएमई बैंकले गएको आवमा ७ अर्ब २५ करोड रुपैयाँ खुद नाफा गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा ४६.२६ प्रतिशतले बढी हो। बैंकले अघिल्लो आव २०७८/७९ मा ३ अर्ब १७ करोड रुपैयाँ कर दाखिला गरेको थियो।
वि.सं.२०८० साउन २७ शनिवार १८:११ मा प्रकाशित