back
NMB Ad

छिमेक लघुवित्तको खुद नाफा १ अर्ब माथि, कुन सूचक कस्ता ?

Royal Enfield Inside Page Banner

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १ अर्ब ६ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.११ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ९४ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १४.३२ प्रतिशत, कुल सञ्चालन आम्दानी ११.८७ प्रतिशत र सञ्चालन मुनाफा ५.७१ प्रतिशतले बढेको छ। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा भने १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। लघुवित्तको प्रतिशेयर वितरणयोग्य मुनाफा ५१ रुपैयाँ १४ पैसा रहेको छ।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ०.८३ प्रतिशतबाट बढेर १.७२ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज २१ करोडबाट बढेर ३४ करोड पुगेको छ।

असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३० पैसा घटेर ३७ रुपैयाँ ४५ पैसामा झरेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २३८ रुपैयाँ २७ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात २२ गुणा रहेको छ।

२ अर्ब ८३ करोड ५४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३ अर्ब ९२ करोड ५ लाख रुपैयाँ सञ्चित छ।

वि.सं.२०८० साउन २९ सोमवार ११:१४ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
टिकटकले सुरु गर्‍यो सेफ्टी एम्बेसडर कार्यक्रम

टिकटकले सुरु गर्‍यो सेफ्टी एम्बेसडर कार्यक्रम

वि.सं.२०८१ मंसिर २३ आइतवार १७:०८

काठमाडौ :  जीवन्त र विविध समुदायका लागि सुरक्षित र स्वागतयोग्य...

दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुनाः प्रधानमन्त्री     

दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुनाः प्रधानमन्त्री     

वि.सं.२०८१ मंसिर २३ आइतवार १७:०३

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स...

एनपिएलः चितवनले सुदुरपश्चिमलाई ३३ रनले हरायो   

एनपिएलः चितवनले सुदुरपश्चिमलाई ३३ रनले हरायो   

वि.सं.२०८१ मंसिर २३ आइतवार १६:५९

काठमाडौँ : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन...

वार्षिक पाँच करोडसम्म सुन्तलाको कारोबार   

वार्षिक पाँच करोडसम्म सुन्तलाको कारोबार   

वि.सं.२०८१ मंसिर २३ आइतवार १५:२२

वालिङ (स्याङ्जा) : यहाँका सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण...

एनपिएलः सुदूरपश्चिमसामू जितका लागि १६५ रनको लक्ष्य   

एनपिएलः सुदूरपश्चिमसामू जितका लागि १६५ रनको लक्ष्य   

वि.सं.२०८१ मंसिर २३ आइतवार १५:१८

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको आज भएको दोस्रो...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ मंसिर २३ आइतवार १५:११

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...