back
NMB ad

शिखर इन्स्योरेन्सको नाफामा आकर्षक छलाङ, कुन सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

प्रकाशित विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ४० करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.५६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले २७ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क २५ प्रतिशत बढेर १ अर्ब ५९ करोड २० लाख रुपैयाँ पुगेको छ। गत असार मसान्तसम्ममा इन्स्योरेन्समा कुल २९ हजार २३५ जनाबाट कुल २ अर्ब ७७ करोड २५ लाख रुपैयाँ बराबरको दाबी परेको छ। जसमध्ये कम्पनीले हालसम्ममा १२ हजार २८ जनाको १ अर्ब ८८ करोड २६ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ।

समीक्षा अवधिमा इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ, जगेडा कोष ५९ करोड ६९ लाख रुपैयाँ, बीमा कोष बढेर १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ र महाविपत्ती कोषमा १४ करोड ५८ लाख रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ३ रुपैयाँ १५ पैसा बढेर १५ रुपैयाँ १९ पैसा पुगेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ५५.६४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ ८९ पैसा रहेको छ।

वि.सं.२०८० साउन ३० मंगलवार ०७:०९ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...