back
NMB ad

ब्रिटिस कलेजले ‘चौथो ब्रिटिस कप– २०२३ इन्टर कलेज फुट्सल टुर्नामेन्ट’को आयोजना गर्दै

Kumari bank ad

काठमाडौँ। द ब्रिटिस कलेज (टीबीसी)ले ‘चौथो ब्रिटिस कप– २०२३ इन्टर कलेज फुट्सल टुर्नामेन्टको’को आयोजना गर्ने भएको छ। यही अगष्ट १७ र १८ तारिखको दिन बालुवाटारस्थित ढुकु फुट्सल ग्राउण्डमा प्रतियोगिताको आयोजना हुने भएको हो।

सन् २०१८ देखि कलेजले निरन्तर रुपमा आयोजना गर्दै आएको प्रतियोगितामा बिभिन्न कलेजहरुले सहभागिता जनाउने भएका छन्। यस पटक किङ्ग्स कलेज, थेम्स कलेज, एस बिजनेश स्कुल, क्याम्पियन, सेन्ट जेभियर्स, आईआइएमएस, सफ्ट्वेरिका, हेराल्ड केटीएम्, आईएस्एम्टी, सिल्भर माउण्टेन, प्राइम्, एपेक्स, नाथम, केसीएम, ब्रिटिस प्रोफेशनल कलेज तथा आयोजक ब्रिटिस कलेजले प्रतियोगितामा सहभागिता जनाउनेछन्।

प्रतियोगिताको बिजेताले १ लाख रुपैयाँ तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, व्यक्तिगत अवार्डतर्फ उत्कृष्ट खेलाडी तथा उत्कृष्ट गोलकिपरले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

कलेजले प्रतियोगितालाई सभ्य र भब्य बनाउनको लागि बिभिन्न संस्थाहरुसँग सहकार्य गरेको छ। यस पटकको शीर्ष प्रायोजक ग्रेश इन्टरनेशनल कन्सलटेन्सी रहेको छ। त्यस्तै, इन्स्योरेन्स पार्टनरमा नेको इन्स्योरेन्स लिमिटेड, ई–कमर्श पार्टनरमा अरज, मोबिलिटी पार्टनरमा पठाओ, हस्पिटालिटी पार्टनरमा होटल कन्ट्री भिला, मेडिकल पार्टनरमा वयोधा हस्पिटल्स, मिडिया पार्टनरमा हाम्रो खेलकूद र फुड पार्टनरमा एमके फुड प्रोडक्ट रहेका छन्। मेमो गार्डन, रेड मुन, आँखी झ्याल तथा शिव साउण्डले पनि प्रतियोगिताको लागि सहकार्य गरेका छन्।

प्रतियोगिताको बारेमा बोल्दै कलेजका मार्केटिङ हेड अमरदिप मण्डलले टिमवर्क तथा स्र्पोर्टस्म्यानसिप बृद्धिको लागि प्रतियोगिताको आयोजना गरिएको बताए। उनले भने,‘फेरि पनि ब्रिटिस कपको आयोजना गर्न लाग्दा हामी पनि निकै उत्साहित छौं।

यी दुई विशेषताहरु हाम्रो जीवनको हरेक चरणमा उत्तिकै आवश्यक छन्। त्यस्तै, कार्यक्रमलाई भव्य बनाउनको लागि सहकार्य गर्नुहुने सबै प्रायोजकहरुलाई धेरै धन्यवाद दिन चाहन्छु। सो दिन सबैको उपस्थितिको अपेक्षा गर्दछौं।’

वि.सं.२०८० साउन ३० मंगलवार १७:४० मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...