back
NMB ad

कुन राशिको कस्तो छ आज ? हेर्नुहोस् राशिफल

Kumari bank ad

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सकिएला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज काममा सफलता मिल्नेछ भने मनमा भएको बोझ हट्नेछ । अरूले सापटी लगेको रकम फिर्ता पाइनेछ । मानसम्मानसमेत प्राप्त हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कामको थालनी पनि हुनसक्छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) चलाखीपूर्ण बलिको प्रभावले आँटेको काम हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । वाहन लाभ पनि हुने समय छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । स्वास्थ्यमा सुधार पनि आउला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफन्तसँग रमाइलो भेटघाट हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्रेममा सम्बन्धमा मधुरता छाउनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, सचेत रहनुहोला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ व्यापार व्यवसायमा प्रगति होला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज लाभदायक यात्रा रहनेछ । लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टि मिल्नेछ । दानपुण्यका कार्यमा सहभागी भइनेछ । शुभकार्यको चर्चा पनि होला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ला, तर साँझमा सहयोग मिल्ने र मन प्रसन्न रहनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ । प्रेममा पनि सफलता पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । ज्यो.प. नारायणप्रसाद दुलाल

वि.सं.२०८० साउन ३२ बिहीवार ०६:१९ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...