काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा भोलि शनिवार विद्युत अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले शनिबारका दिन काठमाडौंका ८ स्थानमा विद्युत् आपूर्ति अवरूद्ध हुने जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाअन्तर्गत टेकु सबस्टेसनमा चार्जको कार्य भइरहेकाले काठमाडौंका ८ स्थानमा बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्तिमा अवरोध हुने छ ।
प्रथम चरणको सबस्टेशन निर्माण कार्य सम्पन्न गर्न टेकु स्युचाटार ६६ केभी लाइन १३२ केभीमा जडान गरिने भएकाले स्युचाटार सवस्टेसनबाट आपूर्ति भइरहेको फिडरहरूमा विद्युत सेवा अवरूद्ध प्राधिकरणले जानकारी दिएको छ ।
वि.सं.२०८० भदौ १ शुक्रवार १०:२० मा प्रकाशित