back
NMB ad

एभरेष्ट बैंकद्वारा “एभरेष्ट फेस्टिभ बोनान्जा २०८०” को सुरुवात, यस्ता सुविधा पाईने

Kumari bank ad

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यका साथ आफ्ना १२७ शाखाबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

आउँदै गरेको चाडपर्वहरु तिज, दशैं, तिहार र छठको शुभ अवसरमा बैंकले नेपाली नागरिकका लागि “एभरेष्ट फेस्टिभ बोनान्जा २०८०” को सुरुवात गरेको छ । भाद्र १ गते देखी लागू हुने यस अफरमा न्युन ब्याजदरमा कर्जा सुविधा उपलब्ध हुनुका साथै सेवा शुल्कमा समेत विशेष छुटको व्यवस्था रहेको छ । बैंकका नायब महाप्रबन्धक गौरव कुमारका अनुसार यस अफर अन्तर्गत घर कर्जा १०.७४ प्रतिशतको स्थिर व्याजदरबाट शुरु हुनुका साथै घर निर्माणका लागि १०० प्रतिशतसम्म बैंक लगानी रहने छ । सवारी कर्जा १०.९९ प्रतिशतको स्थिर व्याजदरमा प्राप्त गर्नुका साथै विद्युतिय सवारीमा ८० प्रतिशतसम्म बैंक फाइनान्स रहने छ । साथै व्याक्तिगत तथा संस्थागत प्रयोजनार्थ आकर्षक ब्याजदरमा शेयर कर्जाको समेत उपभोग गर्न सकिनेछ ।

तिन महिनाको लागि लागुहुने “एभरेष्ट फेस्टिभ बोनान्जा २०८०” मा कृषि साना तथा मझौला कर्जा आधार दर र १.५० ५ को प्रिमियम दरमा उपभोग गर्न सकिने छ । । साथै बैंकका नायब महाप्रबन्धक श्री गौरव कुमारले सम्पूर्ण ग्राहक महानुभावहरुलाई नजिकैको शाखामा सम्पर्क राखी यस आकर्षक अफरको भरपुर फाइदा लिन आव्हान समेत गर्नुभयो ।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको तथा स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६२ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

वि.सं.२०८० भदौ १ शुक्रवार ११:५६ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...