back
NMB ad

व्यवसायीहरुको लगानीलाई संरक्षण गर्नेगरी नीति बनाउन माग

Kumari bank ad
काठमाडौं ।  नेकपा (एमाले) पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयन विभागको चौथो बैठक सम्पन्न भएको छ ।   काठमाडौंको    होटल ट्रेडिसन कम्फर्टमा २०८० असार  २३ गते शनिवार विभागका प्रमुख कमरेड भीमप्रसाद आचार्यको अध्यक्षतामा बैठक सम्पन्न  भएको हो   ।
बैठकमा नेकपा (एमाले) उपाध्यक्ष तथा विभागका संयोजक  सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यता र केन्द्रीय सदस्य तथा विभागका पुर्व उपप्रमुख भीमबहादुर केसीको उपस्थिति रहेको थियो । बैठकले सदस्यहरुलाई दिईएका कार्यहरुको सन्दर्भमा समिक्षा गर्दै आगामी दिनमा हरेक पर्यटनका विधामा भएका पर्यटन व्यावसायमा देखिएका चुनौतिहरुको विषयमा अध्ययन गर्ने साथै पर्यटनको माध्यमवाट समाजमा गर्नसकिने परिवर्तनका सन्दर्भमा ठोस अध्ययन र अनुसन्धान गर्नलाई सम्पूर्ण सदस्यहरुलाई जानकारी गरेको छ  ।
 परम्परागतढंगबाट सञ्चालन भएका पर्यटन व्यवसायलाई आधुनिक तौर तरीकालाई अपनाउन आवश्यक छ । नेपालमा स्थापित अनुपम प्राकृतिक गन्तव्यस्थानहरु बाहेक हाम्रो सस्कृति, परम्परा तथा  सम्पदाहरुको उचित संरक्षण तथा प्रवद्र्धन गरिनु आवश्यक छ । कृषि क्षेत्रमा नेपालमा पाईने विभिन्न जातका वोट विरुवाहरुलाई संरक्षण गर्ने र नेपालीहरुले स्थानीयस्तरमा उत्पादन गर्ने रैथाने खानाको प्रवद्र्धन गर्नसकेमा पर्यटनको प्रवद्र्धन गर्न महत्वपूर्ण स्थान लिन सकिन्छ । खेल पर्यटनको विकास गरी विश्वका खेलाडीहरुलाई नेपालमा भित्र्यायर सिजनल खेलकुद प्रतियोगिता गरी पर्यटन प्रवद्र्धन गर्न सकिने अवधारणाको विकास गरिएको छ । त्यसैगरी नेपालमा रहेको ५,३०० भन्दा बढी ताल–तलैयाहरुको संरक्षणगर्नु पर्ने गरी राष्ट्रियस्तरमा गठन गरीएको तालविकास समितिको खारेज गर्ने सरकारको निर्णयले ताल पर्यटनमा असर पर्ने निष्कर्ष बैठकले गरेको छ ।
नागरिक उड्डयन प्राधिकरणको नियमन निकाय र सञ्चालन गर्ने निकायलाई व्यवस्थापन गर्नेगरी वनाईएका विद्येयकहरुलाई समयमानै पारित गरी लागु गर्नुपर्नेमा हालसम्म संसदमा विचाराधिन अवस्थामा रहेकोले विश्व हवाई उड्डयनकोक्षेत्रमा विश्वसनियताको मापदण्डमा कमि भएको छ । लुम्विनी र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण र उद्घाटन भएतापनि हालसम्म विमानस्थलको सुचारु नभएको अवस्थाले व्यापकरुपमा लगानी गरी निर्माण भएका तारे होटलहरुको सञ्चालनमा अप्ठेरो भईरहेको र लगानीकर्तालाई बैंक तथा वित्तीय संस्थाहरुले गरेको ताकेताले व्यवसायीहरुको मानसिकतामा गंभिर असर पुगेको हुँदा व्यवसायीहरुको लगानीलाई संरक्षण गर्नेगरी नीति बनाउनलाई यो बैठकले  माग गरेको छ ।
 कोभिड १९ को असर र प्रभावले थलापरेको पर्यटन व्यवसायलाई अध्ययन र अनुसन्धान विना हवाई टिकटमा लगाईएका मुल्य अभिवृद्धि कर तथा होटलहरुमा लगाईने लक्जरी करले पर्यटन प्रवद्र्धनमा राज्य सकारात्मक नभएको भन्ने व्यवसायीहरुको निश्कर्षमा यो बैठकले ऐक्यवद्धता जाहेर गरेको छ ।

वि.सं.२०८० भदौ १ शुक्रवार १८:४० मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...