back
NMB ad

सांग्रिला मोटर्सले शुरु गर्यो सिट्रोन इ–सि थ्रीको हस्तान्तरण

Kumari bank ad

काठमाडौँ । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा.लि.ले बहुप्रतिक्षित सिट्रोन इ–सि थ्रीको हस्तान्तरण शुरु गरेको छ ।

सिट्रोन इ–सि थ्रीमा २९.२ किलोवाट आवरको लिथियम आयन फोस्फेट ब्याट्री प्याक रहेको छ । फ्रन्ट ह्वील ड्राइभ सिट्रोन सीथ्रीमा रहेको मोटरले ५७ हर्सपावर तथा १४३ एनएमको टर्क जनेरेट गर्छ । सिट्रोन इ–सि थ्रीको मोटरले जम्मा ६.८ सेकेन्डमा शून्यबाट ६० किलोमीटर प्रतिघण्टाको स्पीडमा गुडाउन सक्छ ।

यो ईभीको टप स्पीड १०७ किलोमिटर प्रतिघण्टा रहेको छ भने रिजेनेरेटीभ ब्रेकिङ सिस्टमसहित इको र स्ट्याण्डर्ड गरी दुईवटा ड्राइभिङ मोड रहेको छ । एआरएआइका अनुसार सिट्रोन इ–सि थ्रीले एक पटकको फुल चार्जमा ३२० किलोमिटर सम्मको रेन्ज प्रदान गर्छ । यो कारलाई रेगुलर ३.३ किलोवाटको एसी चार्जरले चार्ज गर्दा १० घण्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिन्छ भने डीसी फास्ट चार्जरले चार्ज गर्दा जम्मा ५७ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

साथै, यो डीसी फास्ट चार्जरमा धेरै पटक चार्ज गर्दा पनि ब्याट्रीको जीवनलाई असर नपर्ने कम्पनिले दाबी गरेको छ । कम्पनीले यो कारमा ७ वर्ष वा १ लाख ४० हजार किलोमिटर ब्याट्री प्याकको वारेन्टी दिएको छ । त्यसैगरि यसमा दिएको इलेक्ट्रीक मोटरमा ५ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी रहेको छ ।

सिट्रोन इ–सि थ्री विश्व बजारमा धेरै रुचाइएको कार हो र नेपालमा पनि यसले उस्तै लोकप्रियता पाउने विश्वास कम्पनीले गरेको छ । आफ्नो कार्बन फुटप्रिन्ट घटाउँदै दिगो भविष्यतर्फ अगाडी बढ्न चाहने जोसुकैको लागि सिट्रोन इ–सि थ्री एउटा उपयुक्त रोजाई हो ।

लाइभ भेरियन्टको मूल्य ३२.९९ लाख र फिल भेरियन्टको मूल्य ३४.९९ लाख रहेको सिट्रोन इ–सि थ्री थापाथलीस्थित “ला मेजन सिट्रोन” शोरुममा उपलब्ध छ र बिर्तामोड, इटहरी, विराटनगर, नारायणगढ, बुटवल, पोखरा, नेपालगन्ज, दाङ र धनगढीस्थित शोरुमहरुमा एक सातापछि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

वि.सं.२०८० भदौ १ शुक्रवार १७:५८ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...