back
NMB ad

संसदको गतिरोध तत्काल अन्त्य हुनुपर्छः रास्वपा

Kumari bank ad

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदको गतिरोध अन्त्य गर्नुपर्नेमा जोड दिएको छ

सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्ष दल एमालेले सदन अवरुद्ध गरिरहेका बेला रास्वपाले भने आईतवार सभामुख देवराज घिमिरेले बोलाउनुभएको प्रमुख सचेतकहरुको बैठकमा सदन भित्रै आफ्नो विमतिहरु राखेर समस्याको समाधान गर्नुपर्ने बताएको हो । संसदलाई प्रभावकारी र गतिशील बनाएर सबै विमतिहरु त्यहीँ भित्र हल गर्नका लागि आफ्नो पार्टीले बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलसँग आग्रह गरेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो । उहाँले देश र जनतालाई केन्द्रमा राखेर सत्तापक्ष र प्रमुख प्रतिपक्षले सदनलाई प्रभावकारी बनाउनु ध्यान दिनुपर्ने पनि बताउनु भयो ।

प्रमुख सचेतक परियारले भन्नुभयो, ‘आज सम्माननीय सभामुखज्युले प्रमुख सचेतकहरुलाई विशेष गरेर कार्य व्यवस्था परामर्श समितिमा बसेर पनि कुरा खासै टुंगिएको छैन । जुन गाँठो परेको थियो । त्यो गाँठो फुकिसकेको छैन । कमसेकम प्रमुख सचेतकहरुसँग बसेर एक पटक छलफल गर्न पाए हुन्थ्यो भनेर उहाँले आज पटक हामीलाई बोलाउनु भएको थियो । र, हामी आयौं । कुरा त्यही छ । अस्ती जहाँ अडिएको थियो । सत्तापक्षको पनि कुरा त्यही हो । प्रमुख प्रतिपक्षको कुरा त अझ हामी बलियो ढंगले प्रश्तुत हुन्छौं भन्ने कुरा छ । मैले आफ्नो तर्फबाट यो तपाईहरुको जडताले सदनलाई यो खालको बन्दी बनाएको छ । यसले राम्रो गरेको छैन । सदनमा अन्य दलहरु पनि छन् । सदनको जनमत हेर्ने हो भने त्यो जनमतको लोकप्रियता पनि तपाईहरुले बुझ्नु भएन, स्वीकार्नु भएन । हामीलाई त सदनमा यसरी बोल्न नदिँदा पनि केही फरक पर्दैन । किनभने हिजो पनि हामी जनताको माझबाट आएका हौं । आज पनि जनतामा गएर बोल्छौं । तर कुरा के हो भने यो प्रणालीमाथि प्रश्न चिन्ह नहोस् । तपाईहरुको संघर्षले यो व्यवस्था आएको हो । हामी यसलाई समृद्ध गर्न चाहन्छौं । अझ यसलाई हामी जनताको पक्षमा बनाउन चाहन्छौं । यो गाम्भिर्यतामा सबैमा हुनुप¥यो भनेर मैले मेरो कुरा राखेँ । राष्ट्रिय स्वतन्त्र पार्टी हामी जिम्मेवार छौं । यसलाई खुलाउनका लागि हामीले पहल गरिराखेका छौं । जे गर्नु छ । सदनमै गरौं । सदनलाई प्रभावशाली बनाआंै । गतिशील बनाऊ । हाम्रा विमतिहरु सबै सदनमा राखौं । तर फेरि हाम्रो अभ्यास, यो लोकतन्त्रको सिमितता आदिले सदन अगाडि लैजान नसक्ने बाध्यता छ । अलिकति हामीले देश र जनतालाई केन्द्रमा राख्यौं भने पार्टीहरु पनि आफ्नो जडताबाट आउने हुन कि भन्ने आशा चाहीँ छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीले सदन खुलाउनका लागि पहल गरिरहेको दाबी पनि गर्दै आएको छ ।

वि.सं.२०८० भदौ ३ आइतवार १३:३१ मा प्रकाशित

You can share this post!

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:१३

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट...

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...