काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार २१.९९ अंकले घटेर २०११ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा गिरावट आउँदा सबैभन्दा बढी आइएई लाइफ इन्स्योरेन्सको कारोबार भएको छ । आज कम्पनीको ६ करोड ६३ लाख १ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन डिस्टीलरीको ४ करोड ६३ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन ज्याति विकास बैंकको ४ करोड ५२ लाख ९३ हजार रुपैयाँ, सोल्टी होटलको ४ करोड ६ लाख १८ हजार रुपैयाँ र घोराही सिमेन्ट्स इन्डस्ट्रीको ३ करोड ७२ लाख १३ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८० भदौ ३ आइतवार १५:०४ मा प्रकाशित