back
NMB ad

भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाउने, के होला नेपालमा ?

Kumari bank ad

काठमाडौं । भारत सरकारले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाएको छ । प्याजको मूल्य घटाउन भारतले निर्यातमा कर लगाउने निर्णय गरेको हो ।

भारतको वित्त मन्त्रालयले आउँदो डिसेम्बर ३१ बाट प्याजमा ४० प्रतिशत निर्यात शुल्क लाग्ने जानकारी गराएको छ।

भारतका अनुसार त्यहाँ प्याजको मूल्य बढ्न थालेको छ । सोही मूल्यवृद्धि नियन्त्रण गर्न कर बढाइएको जनाइएको छ । प्याज निर्यातमा लाग्ने ४० प्रतिशत कर तत्काल लागू भइसकेको छ ।

नेपालमा धेरैजसो भारतीय प्याजको दबदबा छ । भारतले प्याज निर्यातमा कर थपेसँगै नेपाली बजारमा मूल्य बढ्ने अनुमान गरिएको छ । भारतले यसअघि प्याज निर्यातमा कर लगाएको थिएन ।

अहिले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार कालीमाटीमा भारतीय प्याजको मूल्य प्रतिकेजी ६१ रुपैयाँसम्म छ । नेपालले पनि चालू वर्षको बजेटमार्फत आलुप्याजमा भ्याट लगाएको छ । व्यवसायीहरुले यसको विरोध गरिरहेको बेला अहिले भारतले नै निर्यातमा कडाइ गरेको छ ।

कालीमाटी तरकारी फलफूल थोक बजार व्यवसायी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले नेपालमा ९५ प्रतिशत भारतीय प्याजले माग धानिरहेको बेला निर्यातमा कर लगाउँदा उपभोक्ता महँगीमा पर्ने बताए ।

वि.सं.२०८० भदौ ३ आइतवार १५:३३ मा प्रकाशित

You can share this post!

आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना

आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:५२

काठमाडौँ, ३१ वैशाखः जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा...

मोटरबोटले बढायो पर्यटन   

मोटरबोटले बढायो पर्यटन   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:४६

कमलकुमार बस्नेत काठमाडौँ, ३१ वैशाखः नेपालका नदीमा पहिलोपटक ‘मोटरबोट’ चलेको...

माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बिमा अन्र्तगतको १० लाख रकम हस्तान्तरण

माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बिमा अन्र्तगतको १० लाख रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:३६

काठमाडौं । माछापुच्छ्रे बैंकले न्यू स्मार्ट तलव खाता अन्र्तगत दुर्घटनामा...

जलविद्युत् छ तर बत्ती बल्दैन   

जलविद्युत् छ तर बत्ती बल्दैन   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:३०

डम्मर बुढामगर ढोरपाटन (बागलुङ), ३१ वैशाख : बागलुङको तमानखोला गाउँपालिका–६...

वर्षाका कारण मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती   

वर्षाका कारण मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १३:५१

दमौली (तनहुँ), ३१ वैशाख : निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्ड ढिलाइ हुँदा...

नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम

नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम

वि.सं.२०८१ वैशाख ३१ सोमवार १३:४५

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा...