back
NMB ad

अनुसन्धानलाई प्रभावित नगरी उच्चस्तरीय संयन्त्र बनाउन एमालेको माग

Kumari bank ad

काठमाडौं । नेकपा एमालेले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) को अनुसन्धानलाई प्रभावित नपार्ने गरी सुन तस्करी अनुसन्धान गर्न उच्चस्तरीय संयन्त्र बनाउन माग गरेको छ ।

आईतवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले यस्तो बताउनुभएको हो । उहाँले उच्चस्तरीय छानबिन समिति गठनको माग यथावत रहेको पनि बताउनु भयो । गिरीले क्विन्टलका क्विन्टल सुन नेपाल भित्रिरहेको भन्दै छानबिन समिति गठन गर्न सरकार गम्भिर हुनुपर्ने बताउनु भयो । उहाँले सरकारको अकर्मण्यताका कारण संसद अवरुद्ध भएको जिकिर गर्नुभयो । सुन तस्करी प्रकरणमा राजनितीक नेतृत्वहरुको पनि नाम सार्वजनिक भएको भन्दै ती व्यक्तिहरुलाई सिआईबीले छानबिनको दायरामा ल्याउन नसकेको बताउनु भयो ।

गिरीले भन्नुभयो, ‘पछिल्लो घटनाक्रम हेर्दै जाँदा नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले दोस्रो चरणको छानबिन गर्छौं भन्दै थियो । सरकारले फाइल खोल्छु भन्दै गर्दा एकातिर प्रहरीका अधिकारी सरुवा गर्ने काम गरेको छ । सुन तस्करी प्रकरणमा राजनितीक व्यक्तिहरुपनि सहभागी छन् भन्ने कुरा विभिन्न मिडियाबाट सार्वजनिक भइरहेका छन् । ती मान्छेहरुलाई सिआईबीले छानबिनको दायरामा पनि ल्याउन सकेन । सरकारले छानबिनमा ल्याउनपनि चाहेको अवस्था छैन । क्विन्टलका क्विन्टल सुन नेपाल भित्रिने कुरा धेरै गम्भिर विषय हो ।

उच्चस्तरीय छानबिन समिति अपरिहार्य छ भन्ने कुरा पछिल्ला घटनाले पनि पुष्टी गरेका छन् । हामीले उच्चस्तरीय छानबिन समितिको मागलाई यथावत नै राख्यौं । सिआईबीले छानबिन गर्ने सन्र्दभमा हाम्रो अन्यथा भनाई होइन । सिआईबीले छानविन गरोस् । तर, उच्चस्तरीय छानबिन समिति यस्तो हुन्छ की सीआईबीले गरेको छानबिनमा कहीँ कमिहरु छन् भने ओभरसाईडपनि गर्ने र समग्र तस्करी भइरहेको छ यसका नितिगत समस्याहरु कहाँ छन् ? संरचनागत सुधारहरु कहाँ कहाँ गर्नुपर्नेछ  ? समग्रमा यसको अध्ययन अनुसन्धान गरेर सरकारलाई एउटा प्रतिवेदन बुझाउने र भविष्यमा नेपालमा तस्करी हुने कुराको अन्त्य गर्नुपर्छ भन्ने हिसावले हामिले यो माग गरेका हौं । यसमा सरकार कसरी प्रश्तुत हुन्छ, आउने मितिले धेरै कुराको प्रभाव हुन्छ ।’ 

सिआईबीको अनुसन्धान प्रभावित नहुने गरी उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसदमा बिजनेस अगाडी बढाउन नसकिने बताउनु भयो ।

वि.सं.२०८० भदौ ३ आइतवार १६:५४ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...