back
NMB ad

भारतले प्याजमा ४० प्रतिशत निर्यात कर लगाएपछि नेपालमा एकाएक भाउ महँगियो

Kumari bank ad

काठमाडौं । भारतले प्याजमा ४० प्रतिशत निर्यात कर लगाएपछि नेपालमा प्याजको भाउ मंहगिन सुरु गरेको छ । हिजो कालिमाटीमा थोक प्याजको मूल्य ६१ रुपैयाँ थियो भने खुद्रा मूल्य सरदर ६५ रुपैयाँमा किनबेच हुँदै आएको थियो ।

तर, भारतले प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको सुईको पाउन साथ व्यापारीले प्याजको मूल्य एकाएक बढाएका छन् । आज कालिमाटीमा प्याजको थोक मूल्य प्रतिकिलो ७८ रुपैयाँ पुगेको छ भने खुद्रा मूल्य ८० रुपैयाँको हाराहारीमा रहेको छ ।

एक खुद्रा व्यापारीलाई प्याजको मूल्य सोध्दा भने ‘आज लगे ८० रुपैयाँ भोलिदेखि १०० रुपैयाँ ।’ भारतले प्याज निर्यातमा ४० प्रतिशत भन्सार कर लगाउने निर्णय गरेको दोस्रो दिनदेखि नै नेपालमा मूल्यवृद्धि सुरु भएको छ ।

प्याजको उत्पादनमा आएको कमीसँगै मूल्यवृद्धि बढेपछि भारतले प्याजमा निर्यात कर लगाएको हो ।भारतीय वित्त मन्त्रालयले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी डिसेम्बर अन्त्यसम्म ४० प्रतिशत निर्यात कर लगाएको हो । कर लगाइएपछि निर्यातमा कमी आउने र आन्तरिक आपूर्तिमा सुधार भई मूल्यवृद्धि नियन्त्रण हुने भारतको दाबी छ ।

वि.सं.२०८० भदौ ४ सोमवार १३:२७ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...