काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार १२.९३ अंकले घटेर १९९८ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा गिरावट आउँदा सबैभन्दा बढी शिभम् सिमेन्ट्सको कारोबार भएको छ । आज कम्पनीको ८ करोड २ लाख ४७ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको आइएई लाइफ इन्स्योरेन्सको ५ करोड ८३ लाख ७७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन सोल्टी होटलको ५ करोड ७८ लाख ६१ हजार रुपैयाँ, घोराही सिमेन्ट इन्डस्ट्रीको ५ करोड ६ लाख १२ हजार रुपैयाँ र हिमालयन डिस्टीलरीको ४ करोड ४२ लाख ३५ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८० भदौ ४ सोमवार १५:०८ मा प्रकाशित