back
NMB ad

टक्सार महाशाखामा राखिएको तस्करीको सुन पूर्ण शुद्ध

Kumari bank ad

काठमाडौँ ४ भदौ : तस्करहरुले हङ्कङबाट मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याएको सुनको शुद्धता ९९ दशमलव ९ प्रतिशत भएको परीक्षणबाट पाइएको लागेको छ । हाल नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको सुन परीक्षण गर्दा पूर्ण शुद्ध रहेको पाइएको राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोखरेलले जानकारी दिनुभयो ।

उहाँले उक्त सुन ९९ दशमलव ९ प्रतिशत नै शुद्ध रहेको भनेर विभागलाई जानकारी गराइएको रासससँग बताउनुभयो । “९९ दशमलव ९ प्रतिशत हुनु भनेको सुन पूर्ण शुद्ध हो”, उहाँले भन्नुभयो ।
टक्सार विभागले सुनको परीक्षण प्रतिवेदन राष्ट्र बैंक, राजस्व अनुसन्धान विभागलगायत सरोकारवाला निकायमा पठाइसकेको छ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले सुन पूर्ण शुद्ध रहेको जानकारी आएको बताउनुभयो । प्राप्त जानकारीमा उक्त सुन २४ क्यारेटकै रहेको जनाइएको छ । बरामद गरिएको सुन गत साउन ३० गते गालेर बिस्कुट बनाइ जोख्दा ६० किलो सात सय १६ ग्राम भएको थियो । त्यसको अघिल्लो दिन साउन २९ गते ब्रेक शुबाट सुन छुट्याउने काम भएको थियो । यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल थियो । गालेपछि सुनको मात्रा ७३ ग्राम घटेको थियो ।

राजस्व अनुसन्धान विभागले साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । अहिले सुन तस्करीको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ ।

वि.सं.२०८० भदौ ४ सोमवार १६:१३ मा प्रकाशित

You can share this post!

कर्णाली प्रदेश : ६ वर्षमा तीन अर्ब आन्तरिक आम्दानी   

कर्णाली प्रदेश : ६ वर्षमा तीन अर्ब आन्तरिक आम्दानी   

वि.सं.२०८१ असार ३ सोमवार १६:४९

भेरीगङ्गा (सुर्खेत), ३ असार : कर्णाली प्रदेश सरकारले विगत ६...

श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सङ्केत   

श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सङ्केत   

वि.सं.२०८१ असार ३ सोमवार १६:२९

कोलम्बो(श्रीलङ्का), ३असार : श्रीलङ्काले सोमबार पहिलो त्रैमासिकमा कमजोर विदेशी मुद्रा सङ्कटबाट...

इन्जिनमा आगलागीपछि विमानको सकुशल अवतरण   

इन्जिनमा आगलागीपछि विमानको सकुशल अवतरण   

वि.सं.२०८१ असार ३ सोमवार १६:२१

वेलिङ्गटन, १७ जेठ :अस्ट्रेलियाको मेलबर्नका लागि उडेको यात्रुवाहक विमानलाई न्युजिल्याण्डमा...

संसद्का कर्मचारीका माग सम्बोधन गराउन पहल गर्ने निर्णय   

संसद्का कर्मचारीका माग सम्बोधन गराउन पहल गर्ने निर्णय   

वि.सं.२०८१ असार ३ सोमवार १६:१८

काठमाडौँ, ३ असार : सङ्घीय संसद् सचिवालयका कर्मचारीको सेवा सुविधासम्बन्धी...

ट्याङ्कर चालक सङ्घको हडताल फिर्ता, आजैदेखि इन्धन सहज हुने   

ट्याङ्कर चालक सङ्घको हडताल फिर्ता, आजैदेखि इन्धन सहज हुने   

वि.सं.२०८१ असार ३ सोमवार १६:१३

काठमाडौँ, ३ असार : सरकारसँग चारबुँदे सहमतिपछि आन्दोलनरत नेपाल पेट्रोलियम...

‘युनिग्लोब फुटसल फ्रेन्जी २०२४’ सम्पन्न, समृद्धि स्कुल प्रथम

‘युनिग्लोब फुटसल फ्रेन्जी २०२४’ सम्पन्न, समृद्धि स्कुल प्रथम

वि.सं.२०८१ असार ३ सोमवार १६:००

मंगलबार  सुरु भएको ‘युनिग्लोब फुटसल फ्रेन्जी २०२४’ शनिबार सकिएको छ...