back
NMB ad

सहयोगीको भरमा भन्सार कार्यालय, राजस्व सङ्कलनमा बर्सेनि ह्रास   

Kumari bank ad

लोकेन्द्रप्रसाद यादव  

गोलबजार (सप्तरी), ४ भदौ : नेपाल–भारत अन्तर्राष्ट्रिय सीमानाकामा राजस्व उठाउने बलान बिहुल–४ बेल्हीस्थित छोटी भन्सार कार्यालय दुई कार्यालय सहयोगीका भरमा सञ्चालन हुँदै आइरहेको छ ।

सो कार्यालयमा कार्यालय सहयोगी जोगिन्द्र यादव र खडकबहादुर कार्की कार्यरत हुनुहुन्छ भने जिल्लाकै डाक्नेश्वरी नगरपालिकामा रहेको पातो छोटी भन्सार कार्यालय पनि कार्यालय सहयोगीका भरमा सञ्चालन भइरहेको छ । उक्त दुवै भन्सार कार्यालय राजविराज भन्सार कार्यालय मातहतमा छन् ।

बेल्ही छोटी भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा रु १६ लाख २६ हजार एकसय ८३ राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयमा नायब सुब्बाको दरबन्दी भए पनि दरबन्दीका कर्मचारी नबस्ने भएपछि राजस्व सङ्कलनमा पनि कमी आएकोे छ ।

कर्मचारी अभावमा राजस्व सङ्कलनमा ह्रास    

वार्षिक करोडौँ राजस्व सङ्कलन हुने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित राजविराज भन्सार कार्यालयमा पनि लामो समयदेखि कर्मचारीको अभाव हुँदै आएको छ । कर्मचारी अभावका कारण उक्त कार्यालयले आफ्नो वार्षिक लक्ष्य पूरा गर्न सकेको छैन । राजस्व सङ्कलनमा बर्सेनि ह्रास हुँदै आएको छ । तिलाठी सप्तरीको एकमात्र ठूलो भन्सार नाका हो । विसं २०१३ मा उक्त नाकामा भन्सार कार्यालय स्थापना भएको थियो । यसका साथै जिल्लाभर अन्य सात छोटी भन्सार कार्यालय भए पनि कर्मचारी अभावका कारण सातमध्ये पाँच छोटी भन्सार कार्यालय वर्षौंदेखि ठप्प छन् ।

राजविराज भन्सार कार्यालयका सूचना अधिकारी अजयप्रकाश भगतले हामीसँग अहिले दुई वटा छोटी भन्सार कार्यालय रहेको बताउनुभयो । ती छोटी भन्सारमा नायव सुब्बा पठाउनुपर्नेमा कर्मचारी अभावका कारण सहयोगीका भरमा सञ्चालन हुँदै आएको जानकारी गराउँदै उहाँले दुई महिना भयो कार्यालय प्रमुख र थप दुई जना नायबसुब्बा आउनुभएको योभन्दा पहिला जेनतेन म निमित्त कार्यालय प्रमुख भएर थप एक सुब्बा, कम्प्युटर अपरेटर, कार्यालय सहयोगीका भरमा सञ्चलान हुँदै आएको उल्लेख गर्नुभयो ।

सो कार्यालमा भन्सार अधिकृत एक, नासु आठ, कम्प्युटर अपरेटर एक, हलुका सवारी चालक एक र कार्यालय सहयोगी १० जनाको दरबन्दी रहेको छ । राजविराज भन्सार कार्यालयलाई भन्सार विभागले आव २०७९/०८० मा रु पाँच करोड ९९ लाख ३० हजार उठाउने लक्ष्य तोके पनि ८४ प्रतिशत (रु पाँच करोड नौ लाख) मात्र राजस्व सङ्कलन भएकोे थियो ।

उक्त कार्यालयले भन्सार छलि र चोरीपैठारीका सामान पक्राउ गरी ५० वटा मुद्दा चलाएको सूचना अधिकारी भगतले बताउनुभयो । उहाँले चालु आवमा भने रु छ करोड ३० लाख राजस्व उठाउने लक्ष्य रहेको उल्लेख गर्नुभयोे ।

घट्दै राजस्व    

आव २०७८÷७९ मा उक्त कार्यालयले राजस्व सङ्कलनतर्फ आफ्नो निर्धारित लक्ष्य पूरा गर्न सकेन । रु छ करोड ८४ लाख २० हजार उठाउनुपर्ने लक्ष्य निर्धारण गरिएकामा कार्यालयले रु चार करोड १७ लाख ६४ हजार राजस्व सङ्कलन गरेको थियो । उक्त रकम लक्ष्यभन्दा ३९ प्रतिशतले कम हो । जिल्लाकै पातो छोटी भन्सार र बेल्ही छोटी भन्सार कार्यालय भाडाको घरमा सञ्चालनमा रहेको छ ।

 माओवादी जनयुद्धका समयमा विस्थापित भन्सार कार्यालय पुनःस्थापना भएन    

माओवादी जनयुद्धका समयमा विस्थापित भएका रामनगर कोदरकट्टी, हनुमानगर, बनिनयाँ र सुभरनपट्टीका छोटी भन्सार कार्यालय अहिलेसम्म पुनःस्थापना हुन सकेका छैनन् । छोटी भन्सार पुनःस्थापित नभएपछि खुला सिमानाको फाइदा उठाउँदै तस्करी पनि बढेको छ । यस्तै जिल्लाकै भारतीय सिमानासँग नजिकै रहेका व्यापारिक केन्द्रका रुपमा रहेका बोदे बर्साईन बजारस्थित सुभरनपट्टी छोटी भन्सार कार्यालय पनि सञ्चालन नहुँदा राज्यले भन्सारबाट उठ्ने लाखौँ राजस्व गुमाइरहेको स्थानीयवासी दिपक यादवले बताउनुभयो ।

सो नाकाबाट सार्वजनिक भाडामा प्रयोग हुने टेम्पु, बस र निजी मोटरसाइकल, साइकल प्रयोग गरी भारतबाट ल्याइएका कपडा, चिनी, दाल, रजनिगन्धा, सुर्ती, बिडी, मेदा, बेसन र ( प्रतिबन्धित मुगरी माछा) लगायत समान स्तकरले बोदे बर्साईन बजारसम्म पु¥याउने गरेका छन् । सीमानाकामा दुईतर्फी रहेका सुरक्षाकर्मी सशस्त्र प्रहरी, नेपाल प्रहरीको आँखा छलेर गाडीका गाडी समान भित्रिरहँदा पनि छानबिन हुन सकेको पाइँदैन । सो स्थानमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट सुभरनपट्टी, सोनापुर र सशस्त्र प्रहरी बल सीमासुरक्षा बेसक्याम्प रहनाका साथै इलाका प्रहरी कार्यालय प्रहरीचौकी पनि रहेको छ । उक्त नाकामा नेपाल–भारतको सहयोगमा पक्की सडकसमेत बनिसकेको छ ।

बेल्ही भन्सारबाट भन्सार छलिका सामान    

छोटी भन्सार कार्यालयमा जनशक्ति अभावले गर्दा तस्करी नियन्त्रणमा समस्या भइरहेको त्यहाँ कार्यरत कार्यालय सहयोगीहरूले बताए । “हामी श्रेणीविहीन राष्ट्रसेवक हामी कसैलाई रोक्न सक्दैनौँ । आफैँ भन्सार शुक्ल बुझाउन आउनेलाई हामी रसिद काटी दिन्छौँ । दुई जनामात्र छौँ, थुप्रै चोरबाटा छन् । हामीले कार्यालय चलाउने कि ? बाहिर हेर्ने ?”, उनीहरूको भनाइ थियो ।

विसं २०७९ भदौ ७ गते सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा भारतबाट तस्करी गरी ल्याएको कपडा प्रहीले नियन्त्रणमा लिन खोज्दा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको थियो ।

सो क्रममा प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको थियो भने तस्करले प्रहार गरेको ढुङ्गा लागेर तीन प्रहरी घाइते भएका थिए । भारतबाट सामान तस्करी गरेर स्थानीय घुरन साहको घरमा राखिएको सूचना पाएपछि तस्करी गरी ल्याइएको सामान प्रहीले नियन्त्रणमा लिन खोज्दा प्रहरी र तस्कर समूहबीच झडप भएको थियो ।

त्यसैगरी विसं २०८० जेठ ३ गते बलान बिहुल–४ बेल्हीस्थित सन्तोष यादवको घरमा सटरभित्र भन्सार छलि भारततर्फ पठाउन तयारी अवस्थामा स्याउ राखिएको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले तीन सय ८५ कार्टुन स्याउ बरामद गरेको थियो ।
सो स्याउ रु १५ लाख ४० हजार बराबरकोे थियो । बरामद गरिएका स्याउ आवश्यक कारबाहीका लागि प्रहरीले राजविराज भन्सार कार्यालय पठाएको थियो । विसं २०८० जेठ ९ गते अवैधरुपमा भित्रिएका प्रतिबन्धित करिब दुई क्विन्टल मुगरी माछा प्रहरीले नियन्त्रणमा लिएर बेल्ही प्रहरीचौकी परिसरमा खाल्डो खनी पुरेको थियो । सो नाकामा नेपालबाट बालुवा तथा गिट्टी तस्करी गरी भारततर्फ निकासी हुने गरेको स्थानीयवासीले बताएका छन् ।

वि.सं.२०८० भदौ ४ सोमवार १७:१३ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...