काठमाडौं । श्रृजनशील लघुवित्तले आर्थिक वर्ष २०७९/८० चौथौ त्रैमासम्मको वित्तीय विवरणअनुसार १ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष यही अवधिसम्म संस्था ४७ लाख ४९ हजार रुपैयाँले घाटामा थियो।
समीक्षा अवधिसम्म संस्थाको सञ्चालन मुनाफा पनि १ करोड ५८ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ८४ हजार सञ्चालन घाटा व्यहोरेको थियो।
संस्थाको खुद ब्याज आम्दानी भने १९.२८ प्रतिशतले घटेर १२ करोड ५१ लाख रुपैयाँ खुम्चिएको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले १५ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।
संस्थाको खराब कर्जा अनुपात (एनपीएल) घटेर ५.११ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष एनपीएल ६.५१ प्रतिशत थियो।
चुक्तापुँजी १० करोड ९३ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार ०.१९ प्रतिशतले बढेर १० करोड ३३ लाख रुपैयाँको भएको छ। अघिल्लो वर्ष रिजर्भमा १० करोड ३१ लाख रुपैयाँ थियो।
संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १०.१८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ६.७९ रुपैयाँले ऋणात्मक थियो। संस्थाको प्रतिसेयर नेटवर्थ १९३.५९ रुपैयाँ रहेको छ।
वि.सं.२०८० भदौ ५ मंगलवार १२:१७ मा प्रकाशित