काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । उक्त दिन बजार १७.६९ अंकले बढेर २०१५ को विन्दुमा कायम हुन पुगेको हो ।
मंगलबार सेयर बजारमा १ अर्ब ३३ करोड २५ लाख ६४ हजार रुपैंया कारोबार भएको छ । आज नेप्सेमा कारोबार भएको २७७ कम्पनीको ६० लाख ३१ हजार ३५६ कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा रहेको १३ वटै उपसूचकमा हरियाली छाएको छ ।
सेयर बजारमा सुधार आउँदा लक्ष्मी लघुवित्तको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ४.४२ प्रतिशतले घटेको हो । त्यसैगरी, सामुदायिक लघुवित्तको ४.१९ प्रतिशत, आइसीएफसी फाइनान्स डिबेञ्चरको ४.०३ प्रतिशत, विन नेपाल लघुवित्तको २.२३ प्रतिशत, बलेफी हाइड्रोपावरको २.२३ प्रतिशतले सेयर मूल्य घटेको छ ।
वि.सं.२०८० भदौ ५ मंगलवार १५:२२ मा प्रकाशित