back
NMB ad

साक्षी बसेकै आधारमा एक करोड ६० लाखको सम्पत्ति मिटरव्याजीको कब्जामा 

Kumari bank ad

काठमाडौं, ६ भदौ । झापाका मिटरव्याजी लिला राई, मुलुकसिंह राई र शोभा राईबाट पीडितहरुले न्याय नपाएको गुनासो गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले मिटरव्याजीहरुले आफूहरुलाई निरन्तर पीडा दिइरहँदा पनि सरकारले न्याय दिन नसकेको गुनासो पोखेका हुन् ।

रमेश शर्मा र सौरभ शर्मा बाबुछोरा हुन् । सौरभका साथी चन्दन जिन्दालले व्यवसाय गर्नका लागि ऋण खोजेपछि उनले मिटरव्याजी लिला, मुलुकसिंह र सोभाको समूहलाई भेटाइदिए । जिन्दालले उनीहरुबाट २२ लाख रुपैयाँ लिएको सौरभको दाबी छ । ऋण लिएका जिन्दाल कोभिड महामारीको समयमा व्यवसाय छोडेर भागेपछि शर्माको परिवारलाई उनीहरुले निरन्तर धाकधम्की दिएर एक करोड ६० लाखको सम्पत्ति कब्जा गरेको सौरभले बताए ।

उनीहरुले साक्षी बसेको आधारमा सौरभलाई जेलमा पुर्याएपछि रमेशले ९० लाखको घर र बाँकी नगद गरेर एक करोड ६० लाख उनीहरुलाई दिएर छोरा छुटाएको बताए । उनीहरुलाई एक करोड ६० लाख दिने क्रममा ऋण लिएका चन्दन जिन्दाललाई भेटाइदिएपछि उक्त सम्पत्ति फिर्ता गर्ने सहमति कागज भएको रमेशले बताए । वकिल राखेर पैसा तिर्ने बेला उक्त सहमति कागज गराएको उनको भनाई छ । पछि चन्दनलाई भेटाइदिए पनि उसलाई नचिन्ने भन्दै मिटरव्याजीहरु पन्छिए र आफ्नो सम्पत्ति कब्जा गरेको उनले बताए ।

सौरभका अनुसार चन्दनलाई पनि उनीहरुले मुद्दा हालेर जेलमा पुर्याका छन् । चन्दनले २२ लाखमात्रै लिएको भएपनि उनलाई जबरजस्ती साढे चार करोडको कागज गराइएको सौरभले बताए ।

लिला, मुलुकसिंह र सोभाबाटै पीडत हर्कधन लिम्बुले खाली चेकमा सही गराएर आफूलाई फसाइएको बताए । घरायसी कामकाजका लागि आफूले उनीहरुबाट ८३ लाख ऋण लिएको हर्कले बताए । ८३ लाख ऋण लिएकोमा पटक–पटक गरेर ६५ लाख फिर्ता गरेपनि उनीहरुले धाकधम्की दिएर पाँच करोडको कागज गराएको उनको आरोप छ ।

उनले मिटरव्याजीहरुले आफूबाट खाली चेकमा सही गराएर लगेको पैसा र मिति आफैंले राखी चेक बाउन्स गराएको बताए । चेक बाउन्स मुद्दामा डेढ महिनासम्म थुनेको उनले बताए । आफूमाथि भएको अन्यायमा झापा जिल्ला प्रशासनमा उजुरी दिएपनि न्याय पाउन नसकेको उनको गुनासो छ ।

वि.सं.२०८० भदौ ६ बुधवार १५:५६ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...