back
NMB ad

यस्तो छ, आज ७ भाद्र २०८० बिहिवारको दैनिक राशिफल

Kumari bank ad

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सानातिना समस्यामा अल्झनुपर्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । व्यापार व्यवसायमा पनि मन्दी आउनसक्छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ । प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ । राज्यबाट मान सम्मान पनि पाइनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सौन्दर्यतामा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । आफ्नो कार्य सम्पादनमा सहजता मिल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाँड्नाले समस्या आउन सक्छ । सवारी साधन सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) घरायसी कार्य अगाडि बढ्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । सफल यात्राको योग पनि छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रमाइलो यात्राको योग रहेको छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेममा मधुरता छाउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डों) आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् शुभकार्यको चर्चा चल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । शत्रुमाथि विजय मिल्ने समय छ । रमाइलो यात्राको योग पनि छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्राविधिक काममा सफलता प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । प्रेमीको सहयोग पनि प्राप्त हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय रहला । नयाँ व्यक्तिसँग भेटघाट पनि हुनेछ । विश्वासपात्रले काममा साथ दिनेछन् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । ज्यो.प. नारायणप्रसाद दुलाल

वि.सं.२०८० भदौ ७ बिहीवार ०६:२३ मा प्रकाशित

You can share this post!

श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सङ्केत   

श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सङ्केत   

वि.सं.२०८१ असार ३ सोमवार १६:२९

कोलम्बो(श्रीलङ्का), ३असार : श्रीलङ्काले सोमबार पहिलो त्रैमासिकमा कमजोर विदेशी मुद्रा सङ्कटबाट...

इन्जिनमा आगलागीपछि विमानको सकुशल अवतरण   

इन्जिनमा आगलागीपछि विमानको सकुशल अवतरण   

वि.सं.२०८१ असार ३ सोमवार १६:२१

वेलिङ्गटन, १७ जेठ :अस्ट्रेलियाको मेलबर्नका लागि उडेको यात्रुवाहक विमानलाई न्युजिल्याण्डमा...

संसद्का कर्मचारीका माग सम्बोधन गराउन पहल गर्ने निर्णय   

संसद्का कर्मचारीका माग सम्बोधन गराउन पहल गर्ने निर्णय   

वि.सं.२०८१ असार ३ सोमवार १६:१८

काठमाडौँ, ३ असार : सङ्घीय संसद् सचिवालयका कर्मचारीको सेवा सुविधासम्बन्धी...

ट्याङ्कर चालक सङ्घको हडताल फिर्ता, आजैदेखि इन्धन सहज हुने   

ट्याङ्कर चालक सङ्घको हडताल फिर्ता, आजैदेखि इन्धन सहज हुने   

वि.सं.२०८१ असार ३ सोमवार १६:१३

काठमाडौँ, ३ असार : सरकारसँग चारबुँदे सहमतिपछि आन्दोलनरत नेपाल पेट्रोलियम...

‘युनिग्लोब फुटसल फ्रेन्जी २०२४’ सम्पन्न, समृद्धि स्कुल प्रथम

‘युनिग्लोब फुटसल फ्रेन्जी २०२४’ सम्पन्न, समृद्धि स्कुल प्रथम

वि.सं.२०८१ असार ३ सोमवार १६:००

मंगलबार  सुरु भएको ‘युनिग्लोब फुटसल फ्रेन्जी २०२४’ शनिबार सकिएको छ...

लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना   

लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना   

वि.सं.२०८१ असार ३ सोमवार १५:३८

म्याग्दी, ३ असार : मुस्ताङको लोमान्थाङमा पश्मिनाको कच्चापदार्थका रुपमा प्रयोग...