back
NMB ad

राष्ट्र बैंकले वित्तीय साक्षरता प्रशिक्षक तालिम संचालन गर्ने, कसरी हुने सहभागी ?

Kumari bank ad

काठमाडौं। नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता प्रशिक्षक तयार गर्न तालिम सञ्चालन गर्ने भएको छ। बैंकले वित्तीय साक्षरताको क्षेत्रमा व्यक्तिहरुलाई तालिमसम्बन्धी सैद्धान्तिक, व्यवहारिक ज्ञान र सीप प्रदान गरी प्रशिक्षकको रुपमा तयारी रोष्टर निर्माण गर्ने उदेश्यका साथ तालिम सञ्चालन गर्न लागेको हो ।

बैंकले एक सूचना प्रकाशित गरी २५ जना वित्तीय साक्षरता प्रशिक्षक तयार गर्न लागिएको जानकारी गराएको हो। यसका लागि असोज २१ गतेदेखि असोज २६ गतेसम्म तालिम सञ्चालन गरिने केन्द्रीय बैंकले जनाएको छ।

यसैबीच राष्ट्र बैंकले तालिम सञ्चालनका लागि ट्रेनिङ अफ ट्रेनर्स (टीओटी)का लागि आवेदन माग गरेको छ। मान्यताप्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र वा व्यवस्थापनमा वा जनप्रशासनमा स्नातकोत्तर तह वा मान्यताप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड अकाउन्टेन्सी संस्थाको सीए, एसीसीए वा सीपीए परीक्षा उत्तीर्ण गरेकाले आवेदन दिन सक्नेछन्।

वित्तीय क्षेत्रसँग सम्बन्धित संस्थामा कम्तीमा १५ वर्षको अनुभव भएका, वित्तीय साक्षरतासँग सम्बन्धित विषयमा अनुभव र विशेष योग्यताप्राप्त गरेका व्यक्तिलाई ग्राह्यता दिइने राष्ट्र बैंकले जनाएको छ। योग्य व्यक्तिले यही भदौ २१ गतेसम्म राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध आवेदन फाराम भरी अनलाइन दर्ता गर्न सक्ने जानकारी दिएको छ ।

 


वि.सं.२०८० भदौ ७ बिहीवार १२:५४ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...